पुष्कर अथक रेग्मी

समस्त पाठक वृन्दमा समर्पित, विनिता खनालद्वारा प्रकाशित एवं सेवानिवृत राष्ट्रसेवक शिद्धहस्त लेखक भागवत खनालद्वारा लिखित कथा संग्रह ” बाबा मेरो पी आर आयो “भित्र चौबीसवटा महनीय , मननीय र उदाहरणीय कथाहरू संग्रृहित रहेका छन् । जस्का शीर्षक र मैले प्राप्ति गरेका तथ्यहरू यसप्रकार रहेका छन् :-

१. बिर्सेकाे प्रेम र गण्डकीका छालहरू : मुकुन्द सेनकालीन प्रेमकथामा आधारित रहेको छ ।

२.फेरि सपनाहरू : नेपाल र भारतको चित्रण सहित वृन्दावनकि आप्तकामिनीको व्यथा रहेको छ ।

३.मी टू : नारीभन्दा पुरूष खतरनाक हुन्छन् भन्दै आधुनिक नीलप्रभासंग महाभारतकि कुन्तीलाई जोडिएको छ ।

४.मिल्टन सरको सुखान्त : जागिरे पुरूषको दैनन्दिनीका आधारित यथार्थपरक कथा बनेको छ ।

५.कालीगण्डकी सुसाइरह्यो :अभाव परिश्रम र पश्चाताप सहित गर्भे टुहुरो हुमलालको कथा रहेको छ ।

६.विलासीको बकपत्र : भ्रष्टाचारले निम्त्याएको आत्मग्लानी र आत्महत्या सहित भ्रष्टाचार निवारणका लागि आग्रह गरिएको छ ।

७.बाबा मेरो पी आर आयो : यो पुस्तकको शीर्षकीय कथा समेत हो । विदेश जान र त्यही बस्नका लागि सन्ततीहरू हदैसम्म गिर्ने सत्य तथ्यको उदाहरण सहित युवा नेपालीहरूको सोचको विकृत रूप देखाइएको छ ।

८.अचेतन : धार्मिक र आध्यात्मिक चेतन/अचेतन भित्र कथा संरचित रहेको छ ।

९.भी आई पी बा: जिन्दगीमा जे जे गरेपनि, जति ठूलो भएपनि अन्तत: राम नाम सत्य हो भन्ने कथ्य देखाइएको छ ।

१०.द्वन्द्वको दामल र भिजेको नोट : माओवादी युद्धले दिएको पीडा नेतृत्वको पूँजीवादी चरित्रको समुदघाटन गरिएको छ ।

११. शुक्रे डिट्ठाको भूत : ऐतिहासिक उठान सहित भूतहरू बिचको सम्बाद प्रस्तुत गरिएको छ।

१२. भिजेको सूर्ति : पाँच बर्षको अन्तरालमा ठेलावालाई प्रतीक बनाइएको स्वतन्त्रताको कथा रहेको छ ।

१३.साधुनाथ बा पनि काठमाडौं पुगे : पहिलोपटक राजधानी शहर पुग्दाको कथा व्यथा रहेका छन् ।

१४. बले एक जीवनी : बदरीनाथको तीर्थयात्रा , पण्डा र नेपाल आमालाई गाली गर्ने व्यक्तिको हात भाचिदिदा जेल पर्नु परेको कथा रहेको छ ।

१५. सिडनीको सानुमाया : ” पति स्वार्थी हुन सक्छ , पिता कदापि स्वार्थी हुदैन ” भन्ने निष्कर्षको कथा रहेको छ ।

१६.स्वीटेको भकुण्डो : प्रीय खलासी स्वीटेको निष्ठुर कोरोनाले मृत्युु गराएको कथा रहेको छ ।

१७. कोरोना बाजे : कोरोनाले बनाएको बन्दी जीवन र पीडाको कहालीलाग्दो कथा सिजृत भएको छ ।

१८.पर्खालभित्र : मानसिक अस्पतालभित्र नाटकीकरण गरिएको जीवनको दर्दनाक व्यथा उजागर गरिएको छ ।

१९.चोरनीको छोरो : जन्म दिने आमालाई घृणाको नजरले हेर्ने छोरीको कथा रहेको छ ।

२०.धर्मपत्नी : पतिलाई निकोपार्न बाध्यताबस शरिरबेच्ने पत्नीको कथा चित्रण गरिएको छ ।

२१. फेरि उज्यालो भयो : हजुरबुवा र नाति पुस्ताको सामाजिक कथा रहेको छ ।

२२. मुनि : अतितका कथाहरू रहेका छन् जुन तपाईं हाम्रो सबैको जिन्दगीसंग मृल खान सक्छ ।

२३.बाको कोठा : ” खराब र असल परिस्थितिले बनाउछ” कथ्यको निष्कर्षको उत्कृष्ट कथा रहेको छ ।

२४.उर्वशी भाउजू : शरीर सौर्न्दर्य र सम्पत्तिले भरिपूर्ण तर लोग्नेको माया स्पर्श खोजेजति नपाएकी पत्नीको पीडाको कथा रहेका छन् । कथाले बौद्धिक पाठकबर्गको माग गरेको छ । मैले त पढे । विस्तृत चर्चा परिचर्चा फेरि गरौला । अहिलेलाई यतिनै ।तपाईहरूले पनि एक पटक यो पुस्तक खोजेर, मागेर या किनेरै भएपनि पढनुहोस् । भागवतजीको प्रस्तुत संग्रह भागवत कथा जस्तै सदाबहार भइरहोस् ! शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय