पाल्पा, चैत १९

सहकारी संस्थाहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी तालिम रामपुरमा भएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको हो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हरेक सहकारीले  उत्पादनको क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गर्नु भएको छ । उहाँले नगर भित्र सञ्चालित सहकारीले लगानी गर्दा लगानी गर्नका लागि मात्र नभएर उत्पादन र ऋणको सही सदुपयोग गर्न सक्ने आधार यकिन गरेर मात्र लगानी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर भित्रका हरेक सहकारीको कार्य सम्पादन अनुगमन गर्ने भन्दै नगर प्रमुख थापाले सहकारी संस्थाको प्रबर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साथै नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहकार्य गर्न सहकारी संस्थाहरुलाई अनुरोध समेत गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले नगरबासीको आर्थीक समृद्घिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।

 ३ दिन सम्म चलेकाे तालिमको सहजीकरण रामपुर नगरपालिकाका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले गरिरहनु भएको छ । तालिममा रामपुर नगरपालिका भित्रका २१ जनाको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय