latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, चैत १९

सहकारी संस्थाहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी तालिम रामपुरमा भएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको हो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हरेक सहकारीले  उत्पादनको क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गर्नु भएको छ । उहाँले नगर भित्र सञ्चालित सहकारीले लगानी गर्दा लगानी गर्नका लागि मात्र नभएर उत्पादन र ऋणको सही सदुपयोग गर्न सक्ने आधार यकिन गरेर मात्र लगानी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर भित्रका हरेक सहकारीको कार्य सम्पादन अनुगमन गर्ने भन्दै नगर प्रमुख थापाले सहकारी संस्थाको प्रबर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साथै नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहकार्य गर्न सहकारी संस्थाहरुलाई अनुरोध समेत गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले नगरबासीको आर्थीक समृद्घिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।

 ३ दिन सम्म चलेकाे तालिमको सहजीकरण रामपुर नगरपालिकाका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले गरिरहनु भएको छ । तालिममा रामपुर नगरपालिका भित्रका २१ जनाको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय