दिपक पोखरेल
पाल्पा , चैत १०

आशा लघुबित्त बित्तीय सस्था लिमिटेड तानसेन साखाको आयोजनामा बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम बिहीवार तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रमम ६७ वटा केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको साखा प्रबन्धक बिजय पौडेलले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय कार्यालयका बिभागिय प्रमुख बिजेन्द्र चौधरीले साखाले गरेको कर्जा लगानीलाई सहि सदुपयोग गरि आर्थिक उन्नतिको कार्यमा अघाडि बढ्न र अहिले देखिएको आराजक गतिविधिका पछि नलाग्न आग्रह गर्नु भयो । साखा प्रबन्धक बिजय पौडेलले साखाले गरेको कार्य प्रगती विवरण पेश गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन तानसेन नगरपालिका ३ का वडा अध्यक्ष बाबुरत्न साक्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन साखाका कर्मचारी खेमराज चालिसेले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय