latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फागुन २३

रातकाे ८ः४५ बजे तानसेनकाे टुँडिखेलमा ‘मिनिरल वाटर’ बाेलकाे गीत घन्किँदै गयाे । जब रात बढ्दै गयाे, दर्शककाे हुटिङले झण्टै एक घण्टा स्वर दिएकी रचना पनि तानसेनबासीकाे मायामा डुबिसकेकी थिइन् । साँस्कृतिक कार्यक्रम रात बढ्दै जाँदा तात्न थालेपछि उनले अझै २ गीत गाउँने बताइन् । महाेत्सव स्थलमा खटिएका प्रहरी अधिकृत झाेक्किँदै स्टेज नजिक पुगेर भन्दै थिए छिटा्े बन्द गर्नुस् । आयाेजकले पनि आत्तिदै रचनालाइ प्रस्तुति छाेट्याउन भनिरहँदा उनी अलमलमा परिन् र विदा भइन् । तर दर्शक भने भन्दै थिए ‘वन्स माेर प्लिज ।’

बुधबार साँझ तानसेनबासी जारी ‘तानसेन महोत्सव’मा गायिका रचना रिमालकाे प्रस्तुतिमा दर्शक झुमेका छन् । बुधबार मुख्य आकर्षणका रुपमा उपस्थित रिमालले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन । उनले आफ्ना हिट गीत मार्फत प्रस्तुति दिइन ।

रिमालकाे ढुङ्गे धारा, फाेटाे फ्रेममा उनकाे प्रिति, लगाएतका गीतमा दर्शक रमाए ।  गायिका रिमालकाे प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । बुधबार राजन राजसँगै श्रीकृष्ण क्षेत्री,लालुमाया कुवर,बबिता धिताल लगायतको समेत प्रस्तुति रहेको थियो ।

पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभएको छ । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने प्रवक्ता कार्कीले जानकारी दिनुभयाे ।

महाेत्सव २९ गतेसम्म चल्ने छ ।  तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा सञ्चालन भएको महोत्सवमा कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० नारा रहेको छ ।  महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय