latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा, फागुन १४

नेतृत्व त्रैमासिक पत्रिकाको चैत अङ्क लोकार्पण भएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रिकाको लोकार्पण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेतृत्व पत्रिकाको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । नेतृत्वले असल कर्म गरेका पात्रहरूका योगदानलाई प्रकाशमा ल्याउने अनुकरणीय काम गरेको उहाको भनाई छ । गुणात्मक सामग्री पत्रिकामा समेटिएकाले यो पठनीय सामग्रीका रूपमा आएको समेत उहाँको भनाई छ । दशकौँको योगदानबाट खारिएका व्यक्तिको अनुभव तथा विकासनिर्माणका कार्यलाई समेटिएको पत्रिका शिक्षाप्रद रहेको समेत प्रमुख खनालले बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले नेतृत्व पत्रिकाले सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो । पठन संस्कृतिलाई उठाउनु सवैको दायित्व रहेको भन्दै अध्यक्ष थापाले स्थानीय पूर्वाधार निर्माणका ुरा, भुँइ मान्छेका कुरा पनि समेट्नुपर्ने भन्दै लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने कुरामा पत्रिकाले ध्यान देओस् भन्ने उहाँको सुझाव छ । अध्यक्ष थापाले पालिकाको मूल््यांकनका आधारहरूहरु स्पष्ट नभएको गुनासो गर्नुभयो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले नेतृत्व शीर्षक नै गम्भीर रहेको बताउँदै समाज रूपान्तरण र सबलीकरणका लागि यस्ता प्रकाशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आफूलाई पनि पात्रको रूपमा चयन गरेकोमा धन्यवाद दिदै अध्यक्ष कार्कीले नागरिकको सेवामा लागेर अपेक्षा गरेको जति काम नभए पनि परिवर्तन भएको कुरालाई सम्प्रेषण गर्न आवश्यक रहको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नेतृत्वको प्रकाशनमा निरन्तरताकाे शुभकामना व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय