latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

कृष्ण पोखरेल
पाल्पा, पौष २३
मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारणसभाको पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गरे ।

बार्षिक साधारण सभामा पाल्पा उवासंघका अध्यक्ष भट्टराईले सहकारी भनेकै एक आपसमा सहकार्य गरेर काम गर्ने एक जनमैत्री अभियान भएको बताए । मुक्तिनाथ कृषि सहकारीले आगामी दिनमा कृषि क्षेत्र लाई प्रमुख विषयबस्तु बनाएर काम गर्नुपर्नेमा जोड दिए । साधारण सभामा संस्थाका अध्यक्ष देव बहादुर पचभैयाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको रकम लाई कुनै पनि तरिका बाट जोखिम नहुने गरी संस्थाले काम गर्दै आएको बताए । कार्यसमिती, ऋण समिती निकै संवेदनशिल लगानी गर्दै आएको अध्यक्ष पचभैयाले जोड दिए । संस्थाका सचिव शंकर भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७९, ८० मा ८ करोड २५ लाख रुपैयाको कारोवार भएको जानकारी दिए ।

सचिव भण्डारीले आगामी दिनमा सहकारीले गर्नुपर्ने काययोजना प्रस्तुत गरेका थिए । कोषाध्यक्ष समिरमान सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३ करोड १९ लाख रुपैया बचत, ९९ लाख ८६ हजार शेयर पुजी, ४ करोड ९९ लाख रुपैया कर्जा लगानी रहेको साधारण सभामा जानकारी दिए । लेखा सुपरिवेक्षण समितीका संयोजक फर्सुराम सापकोटाले कार्य समितीले गरेका काम, ऋण उप समितीले गरेका लगानी, निति नियम हालको सहकारीको अवस्था बारे चर्चा गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी र भिमसेन कार्कीले पैसाको कारोवार गर्दा निकै संवेदनशिल, जिम्मेवार भई काम गर्न कार्यसमिती तथा ऋण उपसमिती लाई अनुरोध गरेका छन । संस्थामा कुनै एउटा व्यक्ति वा पात्रको कारण सिंगो संस्था बदनाम हुने, डुब्ने, जस्ता खतरा भएकोले निति नियम कानुन, सहकारीको मुल्य मान्यतामा अक्षरस पालना गर्दै कारोवार गर्न सल्लाहकारहरुले सुझाव दिए ।

साधारण सभा संस्थाका अध्यक्ष देव बहादुर पचभैयाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विनोद पंन्थीको स्वागत, सचिव शंकर भण्डारीको संचालनमा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय