latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, पुस २२

कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार त्रिभूवन बहुमुखी क्याम्पस तानसेनको सभा हलमा संस्थाका अध्यक्ष केशवराज ढकाल (सुरेश) को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता तथा सदस्यहरु, समाजसेवी, प्राध्यापक, बुद्धिजीवी लगायतको उपस्तिथि रहेको थियो । तानसेन पाल्पामा केन्द्रीय कार्यालय रहेको संस्थाले गुल्मीको पुर्तिघाट र रुपन्देहीको बुटवलमा पनि आफ्नो शाखा बिस्तार गरिसकेको छ । कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने र रोजगार तथा उद्यमशीलता बढाउनुपर्ने कुरामा जोड दिनुभयो । नाफामुलक नभई जनसेवाका लागि सञ्चालित यस किसिमका सहकारीहरुले तिर्दै आएको करको दायरालाई घटाउनका लागि आफूले जोडदार माग राख्ने बताउनुभयो । विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पुनर्निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका यस किसिमका सहकारीले मात्रै गर्न सक्ने हुनाले कृषि र पर्यटनमा लगानी गर्न सुझाव दिनुभयो । कार्यक्रमका विशेष अतिथिको रुपमा उपस्थित गुल्मी जिल्ला कार्यसमितिका सचिव तथा जिल्ला ऋण तथा वचत सहकारी सङ्घका अध्यक्ष जगदीश भट्टराईले सहकारीहरुले उत्पादन र व्यवसायसँग मिलेर लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष सुरेश ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म यस संस्थामा दुई करोड एकचालिस लाख चौरासी हजार आठ सय एघार सेयरपुँजी रहेको जानकारी दिनुभयो । एकचालिस जना युवाहरुको एक्काइस लाख पचास हजार पुँजीबाट सुरु भएको यो संस्थामा अहिले करिब १६०० सेयर सदस्य रहेको जानकारी अध्यक्ष ढकालले दिनुभयो । कार्यक्रममा पूर्व संविधान सभा सदस्य लीला सोमै, जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल लगायत वक्ताहरुले सहकारीहरुले देशभरि विश्वसनीयता गुम्दै गएको वर्तमान परिस्थितिमा यस कुसुम सहकारीले सबैतिर विश्वासको वातावरण बढाउँदै छोटो समयमा उल्लेख्य प्रगति गरेको भन्दै संस्था सञ्चालक समितिलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक रामप्रसाद ढकालले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो भने शिक्षा उपसमितिका संयोजक हीरा आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय