latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, पुुस २२
बर्तुङ बहुउद्देश्यीय सहकारीको पाँचौ अधिवेशन तथा दोश्रो निर्वाचन अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट अध्यक्षमा पूनः विधान प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै संस्थाको उपाध्यक्षमा सुर्य थापा, सचिवमा निलकण्ठ देवकोटा, सहसचिवमा कृष्ण प्रसाद बस्याल, कोषाध्यक्षमा चन्दा कुँवर निर्वाचित भएको निर्वाचन अधिकृत गीता शर्माले बताईन् । यस्तै संस्थाको सदस्यहरुमा माधव शर्मा, श्रवण कुमार श्रेष्ठ, बिमलादेवी जिसी, टोप बहादुर सारु, चिन्तामणी पाण्डे, जुनु विक, सरिता कुँवर, भवानी शंकर पाण्डे चयन भएका छन् । यस्तै संस्थाको लेखा संयोजकमा पोषक रानाभाट चयन भएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले नेपालमा पछिल्लो समयमा आम्दानी हुने क्रियाकलापमा कमी आएको बताए । उनी भन्छन्, आम्दानी हुने क्रियाकलाप कम भैरहेको छ, यस्तो समय व्यक्तिभन्दा पनि संस्था जोगाउनु नै महत्वपूर्ण हुन्छ । सहकारीलाई जोगाउँदै कानूनको पालना गर्दै अगाडी बढ्नु आवश्यक छ । साधारण सभाको अवसरमा उत्कृष्ठ बचतकर्ता तथा असल ऋणीहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा शुभकामना मन्तव्य दिँदै तानसेन वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनाल, वडा नं. ३ का वडाध्यक्ष बाबुरत्न शाक्य, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मी लगायतले सहकारीमा सहकार्यता हराउँदै गएको भन्दै सामूहिक सहकार्यको भावनालाई जोड्दै पूँजी संकलनको कार्यमा जुट्न अनुरोध गरेका थिए ।
साधारण सभाको अवसरमा कोषाध्यक्ष सुर्य थापा तथा सचिव जागेश्वर न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय