latest
पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||    रैनादेवी छहरामा परिणाममुखी विकास प्राथमिकताः नीति तथा कार्यक्रम सार्वजनिक  ||   
सोमबार , असार ९, २०८२

पाल्पा, पुुस २२
बर्तुङ बहुउद्देश्यीय सहकारीको पाँचौ अधिवेशन तथा दोश्रो निर्वाचन अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट अध्यक्षमा पूनः विधान प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै संस्थाको उपाध्यक्षमा सुर्य थापा, सचिवमा निलकण्ठ देवकोटा, सहसचिवमा कृष्ण प्रसाद बस्याल, कोषाध्यक्षमा चन्दा कुँवर निर्वाचित भएको निर्वाचन अधिकृत गीता शर्माले बताईन् । यस्तै संस्थाको सदस्यहरुमा माधव शर्मा, श्रवण कुमार श्रेष्ठ, बिमलादेवी जिसी, टोप बहादुर सारु, चिन्तामणी पाण्डे, जुनु विक, सरिता कुँवर, भवानी शंकर पाण्डे चयन भएका छन् । यस्तै संस्थाको लेखा संयोजकमा पोषक रानाभाट चयन भएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले नेपालमा पछिल्लो समयमा आम्दानी हुने क्रियाकलापमा कमी आएको बताए । उनी भन्छन्, आम्दानी हुने क्रियाकलाप कम भैरहेको छ, यस्तो समय व्यक्तिभन्दा पनि संस्था जोगाउनु नै महत्वपूर्ण हुन्छ । सहकारीलाई जोगाउँदै कानूनको पालना गर्दै अगाडी बढ्नु आवश्यक छ । साधारण सभाको अवसरमा उत्कृष्ठ बचतकर्ता तथा असल ऋणीहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा शुभकामना मन्तव्य दिँदै तानसेन वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनाल, वडा नं. ३ का वडाध्यक्ष बाबुरत्न शाक्य, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मी लगायतले सहकारीमा सहकार्यता हराउँदै गएको भन्दै सामूहिक सहकार्यको भावनालाई जोड्दै पूँजी संकलनको कार्यमा जुट्न अनुरोध गरेका थिए ।
साधारण सभाको अवसरमा कोषाध्यक्ष सुर्य थापा तथा सचिव जागेश्वर न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय