latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

विष्णुप्रसाद घिमिरे
बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मी सरुवाको निर्णय रद्य गर्न गाउँपालिकामा निवेदन दिएका छन् । गाउँपालिकाले गएको पौष ४ गते १८ जना स्वास्थ्यकर्मीहरु सरुवा गर्ने निर्णय व्यवहारिक नभएको भन्दै शुक्रवार प्रमुख प्रशाशकीय अधिकृत मार्फत निवेदन दिएका हुन् ।
बगनासकाली गाउँपालिकाले विभिन्न स्वास्थ्यसंस्थाहरुमा कार्यरत १८ जना स्वास्थ्यकर्मीहरुलाई अन्य स्वास्थ्य सस्थामा सरुवा गर्ने निर्णय गरेको थियो । उनीहरुमध्ये १४ जनाले सरुवाको पत्र बुझेका छैनन् । शुक्रवार उनीहरुले बगनासकाली गाउँपालिकाको स्वास्थ्यसेवा ऐन २०७९ को भावना विपरित निर्णय भएको भन्दै निर्णय सच्याउन माग गरेका हुन् । स्वास्थ्यकर्मी रेश्मीराज न्यौपानेले निश्चित व्यक्तिको स्वार्थ पुरा गर्न यति ठूलो संख्यामा सरुवा गरिएको आरोप लगाउदै, आफुहरुसंग सल्लाह र जानकारी समेत नदिएको उल्लेख गर्नुभयो । सरुवाको आधार के हो ? हामीले काम गरेका छैनौ कि, हामीले सरुवा मागेका छौं ? न्यौपानेले प्रश्न गर्दै भन्नुभयो, कतिपय शारीरिक असक्तता भएका स्वास्थ्यकर्मीहरुलाई समेत अपायक ठाउँमा पठाइएको छ ।
खानिगाउँ स्वास्थ्यचौकीमा कार्यरत सीता खाती दुर्घटनामा परि दुवै खुट्टामा रड राखेर हिडडुल गर्नुहुन्छ, उहाँलाई यम्घा स्वास्थ्यचौकीमा सरुवा गरिएको छ । खातीले भन्नुभयो, यम्घाका साथीले सरुवा नै माग्नुभएको छैन् । संविधानको धारा ३८ को उपधारा ५ मा महिलाहरुलाई सकारात्मक विभेदको आधारमा रोजगारीको व्यवस्था गर्ने व्यवस्था विपरित निर्णय गरेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।
बगनासकाली गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बद्रीनाथ लम्सालले सरुवा नियमित प्रक्रिया भएको र नियतबस निर्णय नगरिएको बताउनुभएको छ ।

स्वास्थ्यकर्मीहरुसंग छलफल र परामर्शको आधारमा साच्चिकै अप्ठेरोमा परेका स्वास्थ्यकर्मीहरुको विषयमा पुर्नविचार गरिने प्रमुख प्रशाशकीय अधिकृत लम्सालको भनाई छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले कतिपय स्वास्थ्यकर्मीहरुले पहिलेदेखी नै सरुवा माग गरिरहेको उल्लेख गर्दै, प्राविधिक अवस्था, दक्षता र गाउँपालिकाको भावी कार्यक्रमलाई मध्यनजर गरी सरुवा गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय