अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा पुरै हटाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारलाई भनेको बताएका छन् । अर्थमन्त्री महतले भने,’अब सेयर धितो कर्जाको सीमा खारेज नै गर्नुपर्छ, तत्कालै हटाई दिनुपर्छ ।’ सीमा नराख्दा सेयर बजारमा उत्पात नै भएछ भने अन्य टुल्स चलाएर नियन्त्रण गरौला, अहिलेलाई सीमा नराखौं, एक पटक हेरौं, गभर्नरलाई त्यही भनेको छु, उनले भने ।
अर्थमन्त्री र गभर्नर बीच बारम्बार किन समन्वय नभएको भन्ने जिज्ञासामा अर्थमन्त्री महतले भने, ‘समन्वय छ, अर्थतन्त्र चलायमान गराउन बजारको मागलाई सम्बोधन गरौं भन्ने हो, मलाई विश्वास छ उहाँले छिट्टै थप मौद्रिक नीतिमा लचिलो निर्णय लिनुहुन्छ ।’ अर्थमन्त्री महतले अर्थतन्त्रमा धेरै सुधार आइसकेको दाबी गर्दै भने ब्याजदर अझै घट्छ, बैंकमा जम्मा भएको पैसाको माग अब दिनानुदिन बढ्दैं जान्छ ।’
उद्योगी, व्यवसायीहरुले अर्थतन्त्र सुस्त हुनुमा अर्थमन्त्रीले बजेट मै जथाभावी कर लगाएको भन्ने गुनासो/आरोप छ नि भन्ने प्रश्नमा अर्थमन्त्री महतले भने, ‘बजेट निर्माण ताका म भर्खरै अर्थमन्त्री नियुक्त भए, केही हतारो पनि भएकै हो, तरपनि उत्कृट बजेट मैले ल्याउन सके, यझपि केही गुनासा आएका छन्, आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि मैले अहिले बाटै सुझाब, छलफल, अध्ययन सुरु गरेको छु, समस्या रहेका ठाउँमा सम्बोधन गर्छु । अर्थ संसारबाट