latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्‍पा, मंसिर २५

पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ डिजाइनमा पक्की पुल निर्माण सुरु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत लुम्विनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माणको काम सुरु भएको हो ।

वि.सं २०२८ मा ‘स्टिल ट्रस’ हुँदै राम्दीमा पुल निर्माण सिद्धार्थ राजमार्ग निर्माण भएका बेला बनेको थियो । हाल उक्त पुल जीर्ण भएर दोहोरो आवत–जावतमा रोक लगाइएको छ । दश टनभन्दा धेरै समान बोकेका ट्रकलाई सञ्चालनमा रोक लगाइएको बताइएको छ ।

६ दशकअघि बनेको पुल जीर्ण भएपछि पटक-पटक मर्मत गरिदै आएको थियो । पुरानो पुल नजिकै नयाँ पुल निर्माण सुरु गरिएको हो । नयाँ पुल निर्माणका लागि पुलको आडमा रहेका घर टहरा समेत हटाइएको छ ।

पुरानो पुल जीर्ण भएकाले राम्दीमा नयाँ पुल निर्माण सुरु भएको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख सूचना अधिकारी तथा इन्जिनियर आशिक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ असार मसान्तभित्र सक्नेगरी हिम सगरमाथा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा पाएको छ ।

राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपियाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय