latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

मंसिर ९ गते शनिबारदेखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । माथागढी गाउँपालिका –३ सराई बजारमा सराई युवा क्वल पाल्पाको आयोजनामा महाेत्सव हुन लागेकाे हाे ।

 

गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुने महाेत्सवकाे माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले उद्घाटन गर्ने बताइएकाे छ । स्थानीय कला संस्कृतिको प्रचार–प्रसार गर्ने, स्थानीय उत्पादन, मगरी कला संस्कृति खानपान, भेषभुषाको प्रचार –प्रसार गर्ने क्लवका युवाहरुलाई पूूर्ण रुपमा परिचालन गरी विकास निर्माणमा सहभागी गराउने अभियानका साथ महोत्सव आयोजना गर्न लागिएको क्लवका अध्यक्ष खोमबहादुर गाहाले बताए । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको क्लवले तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।  महोत्सवमा विभिन्न प्रकृतिका एक सय वटा स्टलहरु रहने छन् । महोत्सवमा विद्यार्थीहरुका लागि ५० रुपैयाँ, सर्वसाधारणहरुको लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।  साथै ५ बर्षमुनीका बालबालिकाहरुको लागि निःशुल्क गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रस्तुति रहने क्लवले जनाएको छ ।

क्लवका सल्लाहकार एव ३ नं वडाका वडा अध्यक्ष तेजबहादुर घर्तिमगरले क्लवमा १ सय जना भन्दा बढी युवाहरुको प्रत्यक्ष सहभागी रहेकाले महोत्सवबाट युवाहरुलाई परिचालन गरी विकास निर्माणमा जोड्ने बताए । मेला र महोत्सवबाट स्थानीय बजारमा चहल पहल बढ्ने, कृषि उत्पादन तथा पशु उत्पादनको कारोवारमा बृद्धि हुने, खुम्चिएको अर्थतन्त्र चलायमान हुने वडा अध्यक्ष घर्तिले बताए । महोत्सवमा आयोजक पक्षले कृषि, पशु तथा घरेलु उद्योगबाट उत्पादित वस्तु तथा सामग्रीहरुको लागि निःशुल्क स्टलको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय