latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

रामनदी धाम राम्दीमा हरिबोधिनी एकादशीको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाकाे अायाेजनामा सास्कृतिक मेला हुने भएकाे छ ।

मंसिर ७ गते एकादशीका दिन एक ‘हाम्रो राम्दी, हाम्रो धाम, एकादशी मेला, सबै राम्दी जाम’ भन्ने नाराका साथ मेला लाग्ने तयारी भएको प्रतिष्ठानले जनाएकाे छ । प्रतिष्ठानका पाल्पा अध्यक्ष कमल भट्टराईकाअनुसार कला, संस्कृतिको संरक्षणसँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पुर्याउने उद्देश्यले एक दिने मेला आयोजना गरिएको हो।

मेला लगाउनका लागि बगनासकाली गाउँपालिका र डिभिवजन वन कार्यालय पाल्पाले सहयोग गरेका छन् । यस्तै अन्य सहयोगी संस्थाको सहयोगमा मेला लगाउन लागिएको प्रतिष्ठानले जनाएको छ। मौलिक कला सस्कृतिको प्रस्तुतति, राम्दीको महिमा प्रवचन, स्थानीयद्धारा भजनकृतन, शंख फुक्ने जस्त कार्य मेलाका दिन गरिने बताइएको छ । यस्तै पाल्पामा जन्मिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै स्थानीय भजन, सोरठी जस्ता प्रस्तुती पाल्पामै जन्मिएको बहुचर्चित लोकदोहोरी गायीका लक्ष्मी न्यौपानेलाई अभिनन्दन गरिने पनि अध्यक्ष भट्टराईले जानकारी दिए ।

ठुलो एकाशदीका नामले परिचित हरिबोधन एकादशीका दिन कालीगण्डकी स्थान गर्न धेरै भक्तजन आउने हुँदा पनि मेलामार्फत यो क्षेत्रको प्रचारप्रसार गर्नका लागि मेलाल टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीका अनुसार मेलामा जिल्लाका अधिकांश स्थानीय कलाककारप्रस्तुति रहने बताइएको छ। निःशुल्न हेर्न पाइने मेलामा संस्कृृतिको संरक्षण र स्थानीय कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसरका रुपमा पनि लिइएको बताइएको छ ।

प्रतिष्ठानका सचिव गणेश न्यौपानेले मेलामा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यता र हने र पाल्पामा जन्मिएका अन्य विशिष्ट कलाकारलाई पनि निम्लो दिएइको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले स्थानीय सरकारले गर्नु पर्ने काम प्रतिष्ठान गर्न लागेकोमा धन्यवाद दिए । उनले पाल्पाकै दोस्रो उनले नदी सभ्यतासँग जोडिएको र धार्मिक, पर्यटनका हिसाबले पनि महत्वपूर्ण मानिने राम्दीको प्रचार–प्रसारका लागि मेला आयोजना गरिनु सकारात्मक रहेको उल्लेख गरे ।

हरिबोधनी एकादशीको अवसरमा हरेक वर्ष पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने, तोरण तार्ने, स्थानीय उत्पादन खरिद विक्री गर्ने जस्ता कार्यका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय