latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असोज २६

पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र ‘परदेशी २’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ ।

देश तथा विदेशका विभिन्न ठाउँसंगै पाल्पामा समेत खिचिएको चलचित्र तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको तेस्रो चलचित्र ‘परदेशी २’ वडादशैंको अवसर पारेर देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । पाल्पाको माथागढी गाउँपालिकाको झडेवा, देवगीर, कसेनी, सराई लगायतका स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।

चलचित्र छायाँकनका क्रममा निर्देशक रायमाझीसहित अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, अभिनेत्री केकी अधिकारी लगायतका कलाकारहरु पाल्पा आएका थिए ।
पाल्पाको झडेवामा जन्मिएका निर्देशक रायमाझीले आफ्ना यसअघिका दुई चलचित्र पनि पाल्पामा छायाँकन गरेका थिए ।

ति दुवै चलचित्र देशभरसँगै तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि लामो समय प्रदर्शन भएका थिए । ‘परदेशी २’ पनि देशभरसँगै तानसेनमा समेत लामो समय चल्ने विश्वास निर्देशक रायमाझीले लिएका छन् ।

दर्शकहरुको रुचिलाई ध्यानमा राखेर सन्तोष चलचित्र मन्दिरमा यो चलचित्र दैनिक ३ शो प्रदर्शन हुने हलले जानकारी दिएको छ ।

बिहान ११ः१५ बजे, दिउँसो २ः१५ बजे र बेलुका ५ः१५ बजे चलचित्र प्रदर्शन हुने हलका संचालक सर्जुमान लिगलले जानकारी दिएका छन् । युवापुस्तामा रहेको विदेश मोह र त्यसले घरपरिवारमा पारेको प्रभावको कथामा ‘परदेशी २’ बनेको हो । नारायण रायमाझी र राजेश वंशल मिलेर चलचित्रको निर्माण गरेका हुन् । यो चलचित्रमा केही पाल्पाली कलाकारहरु समेत देखिएका छन् । चलचित्र प्रदर्शनको समयमा पाल्पाली दर्शकलाई भेटन तानसेन आउने योजना समेत निर्देशक रायमाझीले बनाएका छन् ।

गायनमा निकै रुचाइएका प्रकाश सपूतको पहिलो चलचित्र भएका कारण ‘परदेशी २’लाई निकै चासोका साथ हेरिएको छ । त्यसमाथि सफल चलचित्रको दोस्रो श्रृङखला, हिट चलचित्र दिएका निर्देशक, चलेका कलाकारहरुको अभिनय रहेका कारण ‘परदेशी २’ सुपरहिट हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय