पाल्पा, असाेज २२

पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको अन्तरक्रिया कार्यक्रम रामपुर पाल्पामा आईतबार सम्पन्न भएको छ ।

प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना र सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा अभ्यास समुह अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पालिकाको प्रमुख वा अध्यक्षको भन्दा धेरै जिम्मेवारी उपप्रमुख र उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी हुने बताउनुभयो । उहाँले न्याय सम्पादन , योजना तथा उपभोक्ता समितिको अनुगमन , बजेट निर्माण , राजश्व परामर्श समिति लगाएत धेरै क्षेत्र हेर्ने जिम्मेवारी उपप्रमुख वा उपाध्यक्षको भएकाले पालिकामा सुशान कायमका लागि महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले कार्य सम्पादनको महत्वपूर्ण अंग सुशासन भएको बताउँदै यसका लागि जानकार र कार्यान्वयन गर्न आग्रह गर्नुभयो । अभ्यास समुह अन्तरक्रिया कार्यक्रमले एक पालिकाले गरेको काम अर्को पालिकाले जानकारी पाउने भएकाले असल अभ्यासको अनुसरण गर्दै जान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले पाल्पा र गुल्मीका स्थानीय तहले असल अभ्यास आदान प्रदानका लागि गरेको यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनु भएको छ । आवश्यकता अनुसारको कार्यक्रमले कार्य सम्पादन र पालिकाको सुशासनमा सघाउ पुगेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक निराजन सुवेदीले गर्नु भएको थियो ।

कार्यक्रममा बार्षिक योजना तथा बजेट निर्माण , बजेट तथा योजना तर्जुमाका आधार , योजना तर्जुमा प्रक्रिया , श्रोत परिचालन लगाएतका विषयमा छलफल भएको थियो ।  कार्यक्रमको सहजिकरण प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठानका क्षमता विकास विज्ञ बलराम शर्मा र सुशासनका लागि क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक निराजन सुवेदीले गर्नु भएको थियो । अभ्यास समुह अन्तरक्रिया कार्यक्रम अन्तर्गत एक पालिका एक विषय माथि छलफल सहित अन्तरक्रिया गर्दै आएको सुशासनका लागि क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक सुवेदीले बताउनुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय