latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

“स्थानीय तहमा महिलाहरुको अर्थपूर्ण समावेशी सहभागिता“ विषयमा भएको प्रतियोगितामा तानसेन १४ अर्गलीको अर्गली बजार व्यवस्थापन समूह प्रथम भएको छ । सोही वडाको ऋषिकेश महिला जागरण कृषि समू दोस्रो, तानसेन ६ देवकोटा चोक आमा समूह तेस्रो र तानसेन ७ को बंशगोपाल आमा समूह सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद ७ हजार,दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुने समूहले २ हजार र सहभागी समूहले हजार पाँच सय नगद, प्रमाणपत्र प्राप्त गरेका छन् ।

नगरपालिका भित्रका १४ वडामध्य ९ समूहको सहभागी रहेको प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगती माथी प्रहारका नयाँ रचना र भेषभूषाका मौलिकतालाई विशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक मन गहिरेले जानकारी दिनुभयो ।

प्रतियोगितमा नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई कला, संस्कृति, परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । जसका लागि तानसेन नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

नगरपालिकाका उप प्रमुखउपाध्यक्ष प्रतिक्षा गाहा सिङजालीले कला संस्कृतिको संरक्षणका साथै महिला अधिकारका विषयमा जानकारी गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले नगरस्तरीय तीज गीत प्रतियोगिताले आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय