latest
तानसेन नगरपालिकाको आगामी आर्थिक वर्षकाे बजेट १ अर्व ४६ करोड  ||    अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिनेः बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    अस्पताल विकास समिति विघटनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  ||    सुत्केरी विदामा सट्टा शिक्षक राख्नेः माथागढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||   
बिहिबार , असार १२, २०८२

हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

“स्थानीय तहमा महिलाहरुको अर्थपूर्ण समावेशी सहभागिता“ विषयमा भएको प्रतियोगितामा तानसेन १४ अर्गलीको अर्गली बजार व्यवस्थापन समूह प्रथम भएको छ । सोही वडाको ऋषिकेश महिला जागरण कृषि समू दोस्रो, तानसेन ६ देवकोटा चोक आमा समूह तेस्रो र तानसेन ७ को बंशगोपाल आमा समूह सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद ७ हजार,दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुने समूहले २ हजार र सहभागी समूहले हजार पाँच सय नगद, प्रमाणपत्र प्राप्त गरेका छन् ।

नगरपालिका भित्रका १४ वडामध्य ९ समूहको सहभागी रहेको प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगती माथी प्रहारका नयाँ रचना र भेषभूषाका मौलिकतालाई विशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक मन गहिरेले जानकारी दिनुभयो ।

प्रतियोगितमा नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई कला, संस्कृति, परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । जसका लागि तानसेन नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

नगरपालिकाका उप प्रमुखउपाध्यक्ष प्रतिक्षा गाहा सिङजालीले कला संस्कृतिको संरक्षणका साथै महिला अधिकारका विषयमा जानकारी गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले नगरस्तरीय तीज गीत प्रतियोगिताले आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय