पाल्पा, साउन १९

युनाइटेड मिशन अस्पताल पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगन गरेकाे छ । साउन १२ गते पत्रकार सम्मेलन मार्फत अस्पतालले बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा साउन २१ गतेदेखि स्थगित गर्ने घोषणा गरेको थियो ।

बीमा कार्यक्रम स्थगन गर्ने निर्णय यथावत रहेकाे भन्दै शुक्रबार अस्पतालले पूनः विज्ञप्ती जारी गरेकाे छ । हेर्नुहाेस् विज्ञप्ती…

जिल्लास्थित राजनैतिक दल तथा प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरू, पूर्व सांसदलगायतले स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै अाएका थिए । उनीहरूले हरसम्भव पहल थालेका थिए । उक्त पहल अन्तर्गत वीमा बोर्ड, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्म यो विषयमा कुरा पुगेको बताइएकाे छ । यद्यमी कुनै निर्णय नहुँदै निर्णयकाे जस लिन उद्त पाल्पाली राजनीति लाजमर्दाे देखिन्छ । जिल्लास्थित राजनैतिक दलका नेता तथा सांसदहरूले भने वीमा कार्यक्रम मिसन अस्पतालले सञ्चालन गर्ने सहमति भएको उल्लेख गरेका छन् ।

युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन बापतको रकम समयमा भुक्तानी नपाएको, बोर्डको कम मुल्यांकनका कारण अस्पताल अप्ठेरोमा परेको बताउँदै अाएकाे छ । अस्पतालकी निर्देशक डा. रचेल कारखले झण्डै १२ कराेड रूपैयाँ अझै पनि स्वास्थ्य बीमा बाेर्डबाट लिन बाँकी रहेकाे र रकम प्राप्त नहुँदासम्म अस्पताल सञ्चालन गर्न बीमा सञ्चालन गर्न नसक्ने परिस्थिति रहेकाे बताइन् ।

कहाँ चुक्याे राजनीति ?

बिहिबार नेपाली हेल्थ डटकमले मिसन अस्पताल स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न राजी शीर्षकमा समाचार प्रकाशन गर्दछ । समाचार प्रकाशन हुनासाथ पाल्पाका राजनीतिक दलहरू स्वास्थ्य बीमा कार्यक्रम अाफ्नाे पहलमा सञ्चालन हुने भएकाे भन्दै लाेक रिझ्याइका लागि फेसबुक वाल रंगिन बनाउँछन् । हेर्नुहाेस् नेपाली हेल्थ समाचारकाे लिङ्क…

मिसन अस्पताल स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न राजी

प्रतिनिधि सभा सदस्यहरूदेखी प्रदेशसभा सदस्यहरू समेत आफ्नाे पहलमा बीमा कार्यक्रम सुरू हुने भन्दै पाेष्ट गरेका छन् । माननीयहरूका सचिवालयले धेरैलाइ ट्याग गरेर अपनत्व लिने हाेडमा देखिन्छन् । याे क्रम जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं कार्यकर्ताहरूकाे समेत देखिन्छ । धेरैले प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, अर्थ मन्त्री बीमा र बाेर्डका पदाधिकारीहरूसँग कैद गरेका तस्वीर समेत शेयर गर्दै आफ्ना नेताकै कारण अब बीमाले निरन्तरता पाउने भन्दै पाेष्टहरू गरेका छन् । हेर्नुहाेस् पाल्पा समाचारपत्रकाे लिङ्क…

बीमाबारे मिसनको धारणा नआउँदै जस लिने दिनेको होडबाजी

पाल्पामा पुराना राजनीतिक दलहरूमात्र हाेइन नयाँ भनिएका राजनीतिक दलका नेताहरू समेत यसकाे जस लिन कम्मर कसेर लागेका थिए । राजनीतिलाइ लाजनीति नबनाइयाेस् भन्दै जनताहरूले भने राजनीतिक दलप्रतिनै प्रश्न गरिरहेका छन् ।

बीमा बोर्डले समयमै भुक्तानी नदिने, भुक्तानी दिएपनि दावी रकममा ३० प्रतिशत कटौती गर्ने र बजार मुल्य अनुसारको मुल्य नपाउँदा सेवा बन्द गर्न बाध्य भएको मिशन अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार बीमा सम्बन्धी सेवाहरु स्थगित भएपनि अस्पतालले विपन्न परिवारका लागि दिने निशुल्क सेवा, तथा अन्य बिरामीका लागि दिन सहुलियतपूर्ण सेवा कायमै रहने छ।

बीमा बोर्डबाट १२ करोड बढी भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएको छ। बीमा अन्तर्गतको सेवा बन्द भएपछि पाल्पाका अधिकांश बिरामीले उपचारका लागि सास्ती खेप्नुपर्ने भएकाे छ । बीमा स्थगन हुने र सञ्चालन हुने भनेर जसअपजस लिनुभन्दा समस्याकाे दीर्घकालिन समाधान खाेज्दै जनताकाे सहज उपचारकाे व्यवस्था गर्नु अहिलेकाे आवश्यकता हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय