latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

गोपाल प्रसाद वश्याल

पाल्पा, साउन ७
पुष्पलाल स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा पुष्पलालको योगदान विषयक संवाद कार्यक्रम आज तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, पाल्पाका प्रमुख टंक नाथ खनालले पुष्पलाल नेपाली कम्युनिष्ट पार्टीका लागि मात्र नभएर मुलुकको हितका लागि बाम लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने विचार राख्नुहुन्थ्यो जुन आज पनि सार्थक रहेको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका पूर्व मेयर अशोक कुमार शाहीले पुष्पलालको साधारण जीवनशैलीबाट सिक्नुपर्ने र नेतृत्वका गलत कार्यको चिरफार गर्न बुद्धिजिवीलाई आग्रह गर्नुभयो । यस्तै तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिंजालीले राजनीतिक सामाजिक विषयहरूमा बहस गरी सही मार्ग पहिल्याउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक ब्यक्तित्व धनेन्द्रराज घिमिरेले कम्युनिष्टहरूका वीचको एकताको आवश्यकता रहेको र पुष्पलालको संयुक्त जनआन्दोलनको धारणा अहिले पनि सार्थक रहेको बताउनु भयो । अर्का राजनीतिक ब्यक्तित्व झपेन्द्र गहिरेले पुष्पलाल कहिल्यै पनि सिद्धान्तभन्दा दायाँबायाँ नलागेको र नेपाली काँग्रेस समेतले कम्युनिष्टहरू मात्र नभएर मुलुकको विकासका लागि बाम र प्रजातान्त्रिक शक्तिहरू वीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यसैगरी अर्का राजनीतिक ब्यक्तित्व राजेन्द्र बि क ले पुष्पलालका विचारहरूको सार्थकता रहेको बताउँद्रै समाजवादतर्फ उन्मुख हुनका लागि आधारहरू निर्माण गर्न अहिलेका राजनीतिक शक्तिहरूले कार्य गर्नुपर्ने बताउनु भयो । त्यसैगरी अर्का राजनीतिक ब्यक्तित्व यादव बहादुर रायमाझीले पुष्पलालको योगदानको चर्चा गर्दै कम्युनिष्टहरूले सर्बहारा र सिमान्तकृतको पक्षधरता छाड्नु नहुने बताउनु भयो । बि. पि. प्रतिष्ठान पाल्पाका अध्यक्ष टंक पन्थले पुष्पलालको विचारकै अनुसार नेपालका प्रजातान्त्रिक आन्दोलनहरूमा बाम तथा लोकतान्त्रिक शक्तिहरू एकजूट भएका प्रसंग उल्लेख गर्नु भयो । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पनि पुष्पलालका योगदानको चर्चा गर्नुभएको थियो ।
संवाद कार्यक्रममा प्रतिष्ठानका सचिव गणेश ज्ञवालीले पुष्पलालका योगदान विषयक अवधारणा पत्र प्रस्तुत गर्दै पुष्पलालको राजनीतिक जीवनको ऐतिहासिक विवरणका साथै नेपाली कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्ने, कुशल संगठक, राजनीतिक एवम् सामाजिक विश्लेषक, अध्ययन अनुसन्धाता जस्ता बहुआयामिक ब्यक्तित्वका रुपमा पुष्पलालको चर्चा गर्नु भयो ।
आजै प्रमुख अतिथि खनालले तानसेनमा रहेको प्रतिष्ठानको कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठा, नेपालका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद वश्यालको स्वागत मन्तब्य र सदस्य सन्तोष खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय