latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, साउन १
साउन महिना लागेसंगै तीजका गीतहरु धमाधम बजारमा सार्वजनिक भई रहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारीक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेना बजारमा आएको छ ।
बरिष्ठ गायक ईन्द्र जि।सी।,चर्चित गायिका जमुना राना, चर्चित गायक बिक्रम परियार,चर्चित गायक,सर्जक हुम गैरे,चर्चित गायिका कमला बि।शी।,बिमला गैरे र गायक हेमराज डाँगीको स्वरमा रहेको गीतको लय शब्द हुम गैरेले सिर्जना गरेका हुन् ।

गायक गैरेकै कथा तथा निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियो राम के।सी।ले खिचेका हुन् । नक्कली भुटानी सरणर्थी प्रकरणमा आधारित कथा बस्तु रहेको गायिका कमला बि।शी।को तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनामा चर्चित मोडल धिरज खत्री, कुमार सुनेल, रमा ठकुरी, करिष्मा परियार,ईश्वर बल्लभ, बसन्त बर्मा, संगीत मगर, बिनोद कंडेल,बिबेक बस्नेत,सिर्जना पाण्डे लगायतका कलाकारहरुको जिबन्त अभिनय रहेको छ । दर्शक अनि स्रोताले बिरहको तिज भाग १ र भाग २ लाई अपार मायाँ दिएका छन् । यो तेस्रो भागले पनि सबैको मन जित्ने बिश्वास लिएको सर्जक हुम गैरेले बताए । यथार्थ कथा बस्तुमा आधारित मार्मिक तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनाले सफलता पाउने बिश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय