latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार १२

तानसेन नगरपालिकाले श्रम स्वीकृति दिन सुरू गरेकाे छ । वैदेशिक रोजगारमा जानेहरुका लागि आवश्यक पर्ने श्रम स्वीकृति तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिका–७ का प्रेमबहादुर कार्कीलाई प्रदान गरेर सेवा सुरू गरेका हुन् ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालेले  वैशाख १ गतेदेखि स्थानीय तहमै श्रम स्वीकृति दिने निर्णय अनुसार पहिलो पटक श्रम स्वीकृतिको निस्सा दिएर सुरुवात गरिएकाे हाे । श्रम स्वीकृत लिन आउँदा कम्तीमा एक हप्ताअघि नै श्रम स्वीकृतको फाराम भर्न नगरपालिका रोजगार सेवा केन्द्रमा आउनुपर्ने रोजगार संयोजक राधा घिमिरेले बताइन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था सरकारले गरेको छ । श्रम मन्त्रालयले पालिकाका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदनको व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र ठगीरहित बनाउनका लागि श्रमिकलाई आवेदन भर्दादेखि नै सहयोगको आवश्यकता पर्ने भएकाले यो व्यवस्था गरिएको तानसेन नगरपालिका रोजजगार सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय