पाल्पा, असार ३
नेतृत्व वर्ष २६ अंक १-२ संयुक्त अंक आज भैरवस्थान पाल्पामा विशेष कार्यक्रमका बिच लाेकार्पण गरियो । नेतृत्व मिडियाद्वारा प्रकाशित त्रैमासिक विमाेचन गर्दै जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनालले भैरवस्थानकाे महिमाका साथै जिपलाइनकाे साहसिक खेलले पाल्पाको पर्यटनमा थप आयाम थपेको विचार व्यक्त गर्नुभयो ।
नेतृत्व त्रैमासिक पत्रिकामाथि समीक्षात्मक टिप्पणी गर्ने काम डा. टंकप्रसाद पन्थबाट भयो । पत्रिकामा विविध प्रकृतिका विषय र सामग्रीहरू सम्प्रेषण गरिएको कुरा, व्यक्तिगत इतिवृत्त, सामाजिक, राजनीतिक, प्रशासनिक, साहित्यिक , सांस्कृतिक विषयलाई महत्त्व दिएको पाइयो । यसैगरी पालिकाका विकास अनि याेजनाका कुराहरू अन्य समाचारमूलक सामग्रीहरू प्रकाशित गरिएकाले पत्रिकाले बहुआयामिक क्षेत्रलाई समेटेको कुरा प्रकाश पारियो । साहित्य तथा विषयगत सामग्रीलाई पनि पत्रिकाले समेटेको कुरा व्यक्त भयो । जिपलाइन पाल्पाको अवस्थाका बारेमा सञ्चालक तथा निर्देशक देव पचभैयाले प्रकाश पार्नुभयो । चेतनाको कमी वा महत्त्व नबुझेकाले हाेला पाल्पालीहरूबाट भावनात्मक रूपमा समेत सहयोग हुन नसकेको कुरा उहाँले उल्लेख गर्नुभयो ।
समाजवादी पत्रकार संगठनका अध्यक्ष पदम गरैले नेतृत्व पत्रिकाको उत्तराेत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । प्रेस सेन्टर पाल्पाका कार्यवाहक अध्यक्ष नवराज ज्ञवालीले पृथक् तरिकाबाट ल्याइएको पत्रिकाले विविधतालाई समेटेको विचार व्यक्त गर्नुभयो । गुणवती केसीले भैरवनाथकाे महिमालाई केन्द्रित गरी राेचक शैलीमा भजन प्रस्तुत गर्नुभयो । प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्माले रेचल कारखकाे जीवनीमा आधारित लेख प्रस्तुत गरेकोमा सम्पादकलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै खालका कथाव्यथालाई प्रस्तुत गरेमा नेतृत्व भविष्यका लागि दस्तावेज बन्ने विचार उहाँले व्यक्त गर्नुभयो । साहित्यकार रामप्रसाद अर्यालले शुभकामना व्यक्त गरी ‘छिन्नभिन्न’ शीर्षकको कविता पाठ गर्नुभयो । सन्तोष खनालले शुभकामना मन्तव्य राख्नुभयाे । नयाँ शैलीमा कार्यक्रमकाे आयाेजना गरेकोमा धन्यवादसमेत व्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्य र पर्यटनको नारा लगाए पनि उठ्न नसकेको हाम्रो अवस्थालाई उहाँले उजागर गर्नुभयो । ‘फेरिएका प्रश्न र शैली’ शीर्षकको कवितासमेत वाचन गर्नुभयो ।
साहित्यकार हरिप्रसाद भट्टराईलेले नेतृत्वका केही अंकहरूकाे अध्ययन गरेका आधारमा विविधताकाे खुराकका रूपमा आएको विचार राखी शुभकामना व्यक्त गर्नुभयो । पर्यटनका क्षेत्रमा पाल्पा जिपलाइनले खेलेको भूमिका पनि उहाँले उल्लेख गर्नुभयो । ‘पैसा’ शीर्षकको कविता वाचन गर्नुभयो उहाँले । डा. रचेल कारखले नेतृत्व पत्रिकाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । आफूलाई महत्त्व दिई जीवनीवृत प्रस्तुत गरेकोमा आभारसमेत व्यक्त गर्नुभयो । पुष्कर अथक रेग्मीले नेतृत्वको सफलताको शुभकामना व्यक्त गर्नुभयो । ‘अस्तित्व’ कृतिभित्र रहेको भैरवनाथमा केन्द्रित अंशलाई वाचन गर्नुभयो । साहित्यकार राजेन्द्रगाेपाल सिंहले गाेविन्द भट्टराईलाई धन्यवाद दिई यस ठाउँमा कार्यक्रमकाे आयाेजना हुनु अर्थपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो । किसान र मजदुरका तस्बिर राख्नुभएन त भनी प्रश्नसमेत गर्नुभयो । देवजीले सुरुमै कन्फ्युजन जन्माउनुभयो भन्दै आफ्नो जस्तै पीडा देवजीकाे पनि रहेको सन्दर्भ उहाँले व्यक्त गर्नुभयो । पत्रकारहरूले कति पैसा खानुभयाे भन्ने खराे प्रश्न गर्नुभयो । पत्रकारहरूले निष्पक्ष रूपमा कति चेतना जगाउने काम गरे त ? भन्ने प्रश्न उहाँले तेर्साउनुभयाे । ‘चाैथाे अङ्ग’ शीर्षकको कवितासमेत उहाँले वाचन गर्नुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले नेतृत्व प्रकाशनमा ल्याएकोमा गाेविन्द भट्टराईलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । विषयवस्तुका दृष्टिले नेतृत्वका अंकहरू महत्त्वपूर्ण रहेको विचार उहाँले व्यक्त गर्नुभयो । जिपलाइनका बारेमा आफूले रिपोर्टिङ गरेको कुरा पनि उहाँले स्पष्ट पार्नुभयो । यसलाई अझ विस्तार गर्नुपर्नेमा समेत उहाँले जाेड दिनुभयो । पत्रकारितामा विकृति र चाप्लुसीपन रहेको यथार्थलाई उहाँले स्वीकार गर्नुभयो । पत्रकारिताका पीडा र समस्यालाई बुझ्न उहाँले आग्रहसमेत गर्नुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले याे अंक विशिष्ट प्रकृतिको रहेको विचार व्यक्त गर्नुभयो । धार्मिक तथा ऐतिहासिक ठाउँमा यस प्रकृतिको कार्यक्रम हुनु अर्थपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । समग्र ट्रेन निराशातिर गएको अवस्थालाई पनि उहाँले प्रस्तुत गर्नुभयो । ‘आफ्नाे सम्पत्ति र जीवन सिद्ध्याएर पत्रकारितामा लागेकाहरूलाई पनि हेराैँ’ उहाँले भन्नुभयो । डा. टंक पन्थद्वारा कार्यक्रमकाे शुभकामनासहित पाल्पाको महिमा बाेलकाे कविता प्रस्तुत गरियो ।
सम्पादक तथा कार्यक्रमका अध्यक्ष गाेविन्द भट्टराईले पाल्पा जिपलाइनले आतिथ्यता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । नेतृत्वको विस्तार मर्चवारदेखि मुस्ताङसम्म पुगेको छ भन्ने कुरा उहाँले उल्लेख गर्नुभयो । आफू हकर, रिपोर्टर, लेखक, व्यवस्थापक, सम्पादक सबैकाे भूमिकामा रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । पत्रकारिताकाे नशा लागेपछि त्यसै बस्न सकिँदाे रहेनछ भन्ने यथार्थलाई पनि उहाँले व्यक्त गर्नुभयो । लेखक, पत्रकार तथा नेतृत्वलाई माया गर्ने सम्पूर्णलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । कार्यक्रमकाे सञ्चालन पत्रकार यज्ञमूर्ति तिमिल्सिनाले गर्नुभएको थियो । टंक पन्थबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय