latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ २९

बालमैत्री स्थानीय शासनस्तरिय अभिमुखीकरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । रामपुर नगरपालिका वडा नं ५ को आयोजनामा प्रज्ञा परामर्श सेवाको सहजिकरणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा आगामी वि सं २०८७ अर्थात् सन् २०३० सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने कार्यक्रम अनुसार स्थानीय तहमा बालमैत्री स्थानीय शासनस्तरिय अभिमुखीकरण कार्यक्रम चलाइएको छ । वडाका जनप्रतिनिधि, कर्मचारी, वडाभित्र संचालित विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागीतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण प्रज्ञा परामर्श सेवाका सहजकर्ता शालिकराम पाण्डेय र शालिकराम पोखरेलले गर्नुभएको छ ।

कार्यक्रम रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको हो । बालमैत्री स्थानीय शासनका १४ वटा बचाउ, १० वटा संरक्षण, ६ वटा विकास, ६ वटा सहभागीता, १५ संस्थागत विकास सुचकहरु रहेका छन् । यसैगरी रामपुर नगरपालिका वडा नं ४ मा पनि बालमैत्री स्थानीय शासनस्तरिय अभिमुखीकरण कार्यक्रम भएको छ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय