latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ २९

बालमैत्री स्थानीय शासनस्तरिय अभिमुखीकरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । रामपुर नगरपालिका वडा नं ५ को आयोजनामा प्रज्ञा परामर्श सेवाको सहजिकरणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा आगामी वि सं २०८७ अर्थात् सन् २०३० सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने कार्यक्रम अनुसार स्थानीय तहमा बालमैत्री स्थानीय शासनस्तरिय अभिमुखीकरण कार्यक्रम चलाइएको छ । वडाका जनप्रतिनिधि, कर्मचारी, वडाभित्र संचालित विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागीतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण प्रज्ञा परामर्श सेवाका सहजकर्ता शालिकराम पाण्डेय र शालिकराम पोखरेलले गर्नुभएको छ ।

कार्यक्रम रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको हो । बालमैत्री स्थानीय शासनका १४ वटा बचाउ, १० वटा संरक्षण, ६ वटा विकास, ६ वटा सहभागीता, १५ संस्थागत विकास सुचकहरु रहेका छन् । यसैगरी रामपुर नगरपालिका वडा नं ४ मा पनि बालमैत्री स्थानीय शासनस्तरिय अभिमुखीकरण कार्यक्रम भएको छ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय