latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

हुम सुनारी मगर
रम्भा २, पाल्पा

म २०४४ मा ८ कक्षा पढ्थें। पूर्वमन्त्री कामरेड दलबहादुर रानाले पाल्पामा एमालेको संगठन विस्तार गर्नुहुन्थ्यो। जननेता मदन भण्डारीको भाषण टेपरिकर्डरमा क्यासेट हालेर सुनेको थिएँ। निमुखा र सर्वहारा जनताको पक्षमा भाषण गरेको मलाई त्यतिबेला खुब मन परेको थियो। विवेदको अन्त्य, गणतन्त्रको स्थापना, समानुपातिक समावेशिता, संघीयता र धर्मनिरपेक्षताका मुद्धा उनका प्रत्यक भाषणको मुख्य बिषय बन्थ्यो। मलाई लाग्थ्यो मदन भण्डारीले नेतृत्व गरेको कम्युनिस्ट पार्टीले सरकार चलाउन पाएको भए केहि बर्ष भित्र मै नेपाल समृद्ध र सम्पन्न बन्ने थियो। त्यसले मेरो कम्युनिस्ट पार्टी प्रति झुकाव बढ्न थाल्यो।

१५ बर्षको उमेर मै नेकपा मालेको बिद्यार्थी संगठन अनेरास्ववियु ९पाचौँ० को साधारण सदस्य बनेर अर्धभूमिगत कम्युनिस्ट आन्दोलनमा सरिक भएँ। रम्भादेवी जंगलमा आयोजना गरिएका हरेक राजनीतिक प्रशिक्षणमा म सहभागी हुन्थें। विद्यालयका प्राचार्यले थाहा पाएर त्यस संगठनमा नलाग्न बेलाबेलामा मलाई चेतावनी दिनुहुन्थ्यो। तर, कम्युनिस्ट आन्दोलनमा निरन्तर लागिरहें।

जननेता मदन भण्डारीको आदर्श र उनको मार्गदर्शन प्रति म पूर्णरूपले प्रभावित भएको थिएँ। उच्च शिक्षाका लागि तानसेनतिर पढ्न बस्दा एमालेको बिद्यार्थी संगठनमा सकृय भएर लागेको थिएँ। त्यतिबेला संगठनको नेतृत्व अहिलेका सांसद माननीय ठाकुर गैरेले गरेको थियो। म साँस्कृतिक विभागमा थिएँ। मन्तब्य, नृत्य र अभिनयले दर्शकको मन जित्न खप्पिस भएको थिएँ। चुनाव ताका प्रचार(प्रसार कै लागि पाल्पाको २२ वटै गाबिस पुगेर चुनावी अभियानमा सकृय भूमिका निभाएको हुन्थेँ। उनको दुर्घटना पश्चात मैले उनको सम्झनामा आफ्नै जन्मथलो पाल्पाको फोक्सिंकोट(१, झोकेदीमा मदन(आश्रित युवा क्लब स्थापना पनि गरियो। त्यसको नेतृत्व म आफैले गरेको थिएँ। म विदेश पलायन भएपछि सो क्लबको नाउँ परिमार्जन गरेर अहिलेसम्म अस्तित्व मै छ।

जननेता मदन भण्डारीको हत्या ९म त्यो घटनालाई दुर्घटना भन्दिनं ( त्यो हत्या नै थियो० पश्चात एमाले भित्र बिचलन आउँन थाल्यो। जातीय अग्राधिकार र एकाधिकारले एमाले पतनको दिशातिर उन्मुख हुँदै गयो। मदन भण्डारीका आदर्श र उनले उठाएका राजनीतिक मुद्धाहरू पार्टीको विधान र घोषणा पत्रमा मात्र सिमित भए। पछि आएर पार्टी टुक्रियो। म कुनै पक्षमा लागिनं। ०५६ पछि एमाले नै परित्याग गरेँ र प्रवासतिर पलायन भएँ। तर, कम्युनिस्ट सिद्धान्त आजसम्म छोडेको छैन।

आज मैले यो आर्टिकल किन पनि लेख्दै छु भने ( जननेता मदन भण्डारीको हत्या भएको आज ठ्याक्कै ३० बर्ष भएछ। बिगतका आम निर्वाचनहरूमा नेकपा एमालेले जुन मत पाएको थियो अथवा लाखौँ युवाहरू एमालेमा आवद्ध भए त्यो सबै जननेता मदन भण्डारी प्रति प्रभावित भएर नै हो। अहिलेका पार्टी नेतृत्व केपी ओली, इश्वर पोख्रेल, गोकुल बास्कोटा र सुर्य थापाहरू जस्ता अशिष्ट नेताहरूबाट प्रभावित भएर आम नेपाली जनताले एमालेलाई मतदान गरेको किमार्थ होइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय