latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ ४

बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राजश्व र बजेटको स्रोत पहिचान गर्न नसक्दा स्थानीय तहको बजेट निर्माणमा प्रभाव पर्ने बताउनुभयो । स्थानीय तहमा आन्तरिक स्रोतको पहिचान गरि राजश्व संकलन गर्न नसक्दा सोँचे अनुसारको आन्तरिक आम्दानी गर्न नसकेको बताउनु भएको छ । उहाँले संघ तर्फको बजेट भए पनि समयमा खर्च हुन नसक्नु दुखद पक्ष रहेको उल्लेख गर्नुभयो । साथै अभिमुखिकरण कार्यक्रमले बजेट निर्माणमा अपनाउनु पर्ने प्रक्रिया , राजश्व संकलन , योजना संचालन तथा भुक्तानी लगाएतका विषयमा प्रष्ट पारेको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख शशीन्द्र खातिले पाल्पाका हरेक स्थानीय तहले अनुमान गरे भन्दा धेरै कम आन्तरिक आम्दानी गरेको बताउनुभयो । साथै यसले पालिकाको योजना निर्माण , संचालन संगै समग्र पालिकाको विकासमा प्रभाव पार्ने भन्दै आन्तरिक स्रोतको सही पहिचान गरि बजेट निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कर राजश्व बृद्धि तथा पालिका र विभिन्न निकाय विचको अन्तर सम्बन्ध , आन्तरिक कर व्यवस्थापन ,योजना बजेट तर्जुमाका चरण , बजेटको पूर्व तयारी , बजेट सिमा निर्धारण गर्ने विधि लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको संचालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका वडा अध्यक्ष ,जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय