latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सेरोफेरोन्यूज समाजको ऐना हो !
अनलाईन पत्रकारितालाई जिम्मेवार बनाउँदै समाजको बोली बोल्ने नेपाली समाजको एक दर्पण सेरोफेरोन्यूज डटकम ‘समाजको ऐना’ का रुपमा अनलाईन पत्रिका सुरुवात भएको थियो ।

पत्रकारिता नागरिक समाजको ऐना हो । त्यसैले हामी न पक्ष, न विपक्ष सधैं निष्पक्ष र वस्तुनिष्ठ भएर समाचार, सूचना तथा सन्देशहरु प्रकाशन, प्रशारण गर्न लागि परेका छौं । नेपालको सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको सेरोफेरोलाई समेटेर देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय शासनमा जनताको चासो विवेचनात्मक दृष्टिकोणबाट प्रस्तुत गर्न हामी उपस्थित भएका हौं ।

विधिको शासन स्थापना, जनसहभागिता, जीविकोपार्जन, उद्यमशीलताको स्थापना, स्थानीय स्रोत र साधनको उपयोगमा ध्यान दिँदै संस्थाले सूचनाको हक, कलासंस्कृतिको जगेर्ना, स्थानीय सीपको विकास, गणतन्त्रको सुदृढिकरण, मानवअधिकार रक्षा, बालविकास, प्रविधि हस्तान्तरण, स्वास्थ्य चेतना, पर्यटन प्रवद्र्धन, शैक्षिक जागरण, सामुदायिक सशक्तिकरण, सचेतिकरण, बचत प्रवद्र्धन, कृषि, पशुपालनलाई व्यवसायिकरण गर्ने कार्यमा निरन्तर सूचना सम्प्रेशण गर्दै सुशासन अभिवृद्धिका लागि सूचनाको हक प्रत्याभूतीमा लागि परेका छौं ।

हामी ५ वर्ष पुरा गरि छैटौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा आगामी दिनहरुमा यहाँहरुको सल्लाह, सुझाब र सहकार्यको अपेक्षासहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

धन्यवाद

मुक्ति न्यौपाने
सम्पादक
सेरोफेरोन्यूज डटकम
(पिपुल्स क्रियशन प्रालि)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय