पाल्पा, चैत २८

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संघीयताकाे महत्व भनेकाे नै प्रदेश सरकार भएकाे बताएका छन् । पाल्पाकाे तानसेन नगरपालिकाका जनप्रतिनिधिहरूसँग कानून र विकास निर्माण बारे अन्तरक्रिया गर्दै सभामुख घर्तीले प्रदेश सरकार नै संघीयताकाे गहना भएकाे बताएका हुन् ।

सभामुख तुलाराम घर्तीले भने, स्थानीय सरकार संसदीय सरकार हाेइन । नगर प्रमुख यहाँकाे सरकारकाे प्रधानमन्त्री हाे, सभालाइ रूलिङ गर्ने भएकाेले सभामुख हाे र कानून बनाएर प्रमाणित गर्ने राष्ट्रपति पनि हाे । यसकाे महत्व संघीयतासँग छ । संघीय व्यवस्थामा प्रदेश सरकरकाे महत्व हुन्छ याे नभए हामी एकात्मक व्यवस्थामा जान्छाैं । उनी भन्छन्, स्थानीय सरकारले याेजनालाइ प्राथमिकरण गरि प्रदेश सरकारलाइ दिनुपर्छ ।

स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन, त्यसको अवस्था, सुधार गर्नुपर्ने विषयमा प्रदेश सभामुख घर्तीसंग जनप्रतिनिधिहरूले अन्तरक्रिया गर्दै कानून निर्माण गर्न जनशक्ति र क्षमताकाे अभाव रहेकाे बताए ।

कार्यक्रममा नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहितको सरकार भएपनी लाैराे र हतियार बीनाकाे प्रहरी जस्ताे भएकाे बताए । उनी भन्छन्, तीन तहका सरकारले बनाएका ऐन, कानुनहरु एकआपसमा बाझिने अवस्था अाउन नदिन सबैलाइ जानकारी हुने संयन्त्रकाे विकास गर्नु अावश्यक रहेकाे बताए ।

तानसेन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेनमा ३० एेन, ४८ कार्यविधि गरि जम्मा ७८ कानून निर्माण भएकाे बताए । हामी कानून केन्द्रबाट अाएकाे ड्राफ्टलाइ हेरेर बनाउने गर्दछाैं, स्थानीय अावश्यकता र अाैचित्यताका अाधारमा गर्न प्रक्रियागतदेखी जनशक्तिसम्मका समस्याहरू छन् । स्थानीय सरकारलाइ नीतिगत समस्याकाे समाधान गर्न तथा विकासका लागी प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने समय अाएकाे प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय