latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं, चैत २१

प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आईपीओ निष्कासनसँग सम्बन्धित कार्य गर्नका लागि सिलबन्दी बोलपत्र माग गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनको तयारीको लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभुकर्ता जुटाउने प्रतिबद्धता समेत जनाउनुपर्ने कम्पनीले जनाएको छ ।

जेठ २०७५ मा स्थापित यो कम्पनीको अधिकृत पूँजी २ अर्ब ५ करोड, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १०२ करोड रहेको छ । सार्वजनिक निष्कासन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ ।

जसमध्ये २० लाख कित्ता सेयर प्रभु ग्रुप्सका प्रभु होल्डिङ्ग, प्रभु ऊर्जा कृषि पर्यटन बिकास लिमिटेड र हाइड्रो होल्डिङ्गस, कम्पनीका कर्मचारीहरुको लागि छुट्याउने कम्पनीले जनाएको छ । यस्तै २० लाख कित्ता नै उद्योग प्रभावित जिल्लावासीका लागि र ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ । कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ जारी गर्ने जनाएको

आईपीओ निष्कासनका लागि सम्पत्ति र दायित्वको मूल्यांकन गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ९० लाख भन्दा उत्पादन तथा बिक्री गरेको थियो । चालु आर्थिक वर्षमा करिब २० करोडको कारोबार गर्ने लक्ष्य लिएको र आर्थिक वर्ष २०८०/८१ मा वार्षिक १ अर्बको कारोबार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
https://prabhusteel.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय