latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

सुशीला रेग्मी रामपुर ९ चैत

एकपछि अर्को गर्दै व्यावसायमा हात हाल्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुंगानाको भने दुई दशकदेखिको गाईपालन थप व्यवसायिक बनेको छ । आजभन्दा करिव दुई दशक अघिदेखि नै ढुंगानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीय गाईको दुधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उहाँले आफुले जानेदेखि नै घरमा अनिवार्यजसो गाईपालन गर्नुहुन्थ्यो । गाईलाई लक्ष्मीका रुपमा हिन्दु समुदायमा पुज्ने, पोषिलो दुध सेवन गर्न पाइने हुदा स्थानीय गाईलाई नै जोड दिनुहुन्थ्यो । घरायसी दुध प्रयोजनका लागि मात्र गाईपालन गर्नुभएका पाल्पा रामपुर नगरपालिका ५ स्थित सानीअमराई बस्ने ढुंगाना अहिले भने उन्नत जातका गाईपालनबाट समाजमा अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । लामो समयसम्म निरन्तर गाईपालनमा लाग्ने उहाँको काम गर्ने शैली, जोँश, जाँगर, उत्साह बेग्लै खालको छ । जीवनमा कुनैपनि कुरामा बिचलित नहुने ढुंगानालाई संघर्ष र मेहनतले पाल्पामा अब्बल गाईपालन किसानको रुपमा परिचित बनाएको छ । यस व्यावसायबाट समाजमा नाम र दाम दुबै मिलेपछि उमेरले बुढ्यौलीपनमा छोएपनि व्यावसायमा अझै जोँश जाँगर थपिदैछ । उहाँ अहिले उमेर ६४ वर्षको हुनुभयो । “पहिला त ब्राह्मणका घरमा प्रायजसो स्थानीय जातका धेरैथोरै गाईपालन गर्ने चलन थियो, स्थानीय जातका गाईले पोषिलो दुध दिने, औषधीको रुपमा प्रयोग गरिन्थ्यो” उहाँले भन्नुभयो,–“यसले व्यावसायमुखी हुन सकिएन, पशुपालनबाट आम्दानी पनि बढाउनुप¥यो भनेर स्थानीय छाडेर उन्नत जाततर्फ आकर्षित भइयो” । विसं २०६० देखि तराईका विभिन्न स्थानबाट उन्नत गाई खरिद गरी व्यावसाय सुरु गर्नुभएको हो । व्यावसायलाई बिस्तार गर्दैै जादा विसं २०७३ मा कामधेनु उन्नत पशुपालन फार्म दर्ता गरी व्यावसायमा लाग्नुभएको छ । उहाँको फार्ममा हाल साना ठूला गरी १३ वटा गाई, एक भैसी छन् । तीमध्ये अहिले दुईवटा गाई, एक भैसीबाट दुध उत्पादन भइरहेको छ भने चारवटा गाई व्याउने छन् । हाल दैनिक गाई र भैसीबाट ३० लिटर दुध उत्पादन भइरहेको उहाँले बताउनुभयो । रामपुर बेझाड बजारस्थित अमृत दुग्ध भण्डारमा गाईको प्रतिलिटर रु ६५ र भैसीको प्रतिलिटर रु ८५ मा दुध बिक्रि गरिरहनुभएको छ । उहाँले बढीमा ६५ लिटरसम्म दुध उत्पादन गरी बजारमा खपत गर्न सफल हुनुभएको छ । “गोठमा पालिएका गाईभैसीबाट राम्रै दुध उत्पादन भइरहेको छ, घर नजिकै बजार रहेको हुदा बिक्रि गर्न झण्झट छैन, विहान उत्पादित दुध बजार लग्यो बेच्ने, हातमा दाम बुझ्यो, यसले व्यावसायमा हौसला बढीरहेको छ” उहाँले खुशी हुदै भन्नुभयो । एक गाईबाट उहाँले एक पटकमा बढीमा २५ लिटरसम्म र कम्तिमा १२ लिटर दुध उत्पादन लिदै आउनुभएको छ । राम्रोसंग समय समयमा दानापानी, घाँसपात पु¥याउन सकियो भने एक छाकमै धेरै दुध उत्पादन लिन सकिने उहाँको अनुभव छ । उहाँले एक महिनामा बढीमा रु एक लाख र कम्तीमा रु ४० हजारसम्म दुध बिक्रिबाट आम्दानी लिइरहेको बताउनुहुन्छ । आफ्नै जग्गामा दुईवटा गोठको संरचना तयार पारेर गाईपालन गरिरहनुभएको छ । गाईको दुध बिक्रिबाट मात्र नभई मल बिक्रि गरेर पनि कृषक ढुंगानाले आम्दानी लिइरहनुभएको छ । गाउँघरमा खेतबारीमा गाईभैसीको मल प्रयोग गर्ने कृषकलाई एक ट्याक्टर मल रु आठ हजारमा बिक्रि हुने गरेको छ । उहाँ भन्नुहुन्छ, “यस व्यावसायबाट म सन्तुष्ट छु, घरमा दिन बिताउने माध्यम बनेको छ, विहान साँभm केही समय काम गरेपछि दिनभर फुर्सदिलो भइन्छ, दुध दुहेर बजार पठाएर लिएको आम्दानीले व्यावसायमा उर्जा दिएको छ” । उहाँले तराईबाट खरिद गरेका पाँच उन्नत जातका गाईबाट व्यावसाय थालनी गर्नुभएको हो । अहिले सोही गाईबाट उत्पादन भएका गाई आम्दानीको स्रोत बनिरहेको छ । जर्सी र होलस्टिन गाईलाई खानपान, घाँसपात समयमा मिलाएर दिन सकियो भने दुध उत्पादन राम्रो दिने ढुंगानाको अनुभव छ । एक पटक व्याएको गाई अर्को पटक व्याउनुअघि दुई महिना दुध दुहुन छाडने गरेको उहाँ बताउनुहुन्छ । स्थानीय जातको गाईपालन समेत गर्नुभएका उहाँ अहिले उन्नतमा जोड दिएपनि स्थानीय गाईको दुध सेवन गर्दा स्वाद नै बेग्लै हुने, चरनका कारणले तागतिलो हुने तर आयस्रोत लागि भने स्थानीय गाईबाट आम्दानी लिन नसकिने अनुभव सुनाउनुभयो । आफ्नै प्रशस्त जग्गा रहेकाले विभिन्न उन्नत जातका घाँसपात लगाउनुभएको छ । उहाँले यस व्यावसायका अलवा घरमा तरकारी, फलफुल तथा अन्नबाली समेत उत्पादन गर्दै आउनुभएको छ । केरा, आलु, धान, मकै लगायतका विभिन्न बालीनाली लगाउनुभएको छ । प्रशस्त गोठमेल खेतीपातीमा प्रयोग गर्दा उत्पादन राम्रो भएको छ । एउटा व्यावसायबाट अन्य व्यावसायमा सघाउ पुग्ने भएकाले किसान राम्रो आर्थिक लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय