latest
शनिबार , जेठ २३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको प्रथम जिल्ला अधिवेशन अन्ततः सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

अधिवेशनबाट जिल्ला सभापतिमा विष्णु प्रसाद भण्डारी, उपसभापतिमा सोम प्रसाद गैरे (सुमन), सचिवमा हरि न्यौपाने तथा सहसचिवमा दिलीप घिमिरे चयन हुनुभएको छ।

सुरुदेखि नेतृत्व चयनका विषयमा विभिन्न चरणमा छलफल र परामर्श भए पनि अन्ततः सहमतिमार्फत नयाँ कार्यसमिति चयन भएसँगै अधिवेशन सम्पन्न भएको हो।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र जनमुखी कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पार्टी संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनअपेक्षाअनुसार कार्य सम्पादनमा नयाँ नेतृत्व सफल हुने विश्वास गरिएको छ।

नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🎉🎊

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय