latest
अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिनेः बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    अस्पताल विकास समिति विघटनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  ||    सुत्केरी विदामा सट्टा शिक्षक राख्नेः माथागढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||   
बुधबार , असार ११, २०८२

बगनासकाली गाउँपालिकाले अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिने भएकाे छ । अभिभावकविहीन बालबालिकाको स्याहार सम्भारका लागि गाउँपालिकाले सहयोग गर्ने नीति गाउँपालिकाले लिएकाे हाे ।

बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड ७५ लाख ८६ हजार १२८ बजेट सार्वजनिक भएको छ। आर्थिक विकासका लागि १ करोड ९७ लाख ९० हजार, सामाजिक विकासतर्फ ३२ करोड ४० लाख, ८७ हजार, पूर्वाधार विकास १० करोड ९ लाख ३५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३६ लाख ७५ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८ करोड, ७५ लाख ९९ हजार १२८ रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पाठकले बताउनु भएको छ ।

अभिभावक विहिन बालबालिकाहरूकाे अध्ययन र अाभासका लागि गाउँपालिकाले व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन् । उपाध्यक्ष हरिप्रसाद पाठकले मंगलबार प्रस्तुत गरेको बजेटमा अभिभावकविहीन बालबालिकालाई मासिक एक हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने उल्लेख छ। उनीहरूको अवस्था हेरेर थप सहयोग गर्ने उनले बताए। विद्यालय भर्ना हुन र आर्थिक अभावले अध्ययन गर्न नसक्ने गरिब, विपन्न र अपांगता भएका बालबालिकालाई विशेष छात्रवृत्ति र सहयोग उपलब्ध गराउने बताइएकाेछ । बल राहत उद्धार तथा पुनःस्थापना कोषलाई निरन्तरता दिने उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनु भएको छ।

बाल बचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागितासँग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ। बालबालिकालाई सक्षम बनाउन सके समाजको सर्वांगीण विकासमा ठूलो सहयोग मिल्ने चिदीले बताइन्। किशोरी क्लब नै गठन गरेर बालविवाह न्यूनीकरण अभियानलाई प्रभावकारी बनाइनेछ। विद्यालयमा बालमैत्री वातावरण सिर्जना गरिनेछ। बालमैत्री व्यवहारलाई कडाइका साथ पालना गरिनेछ।

बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको हो। आगामी आर्थिक वर्ष २०८२।०८३ मा बालमैत्री दिगोपना सुनिश्चितता घोषणा गरिने लक्ष्य लिइएको छ। ​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय