आइतबार , असार ८, २०८२

गिरिराज घिमिरे
हाम्रो देश नेपाल अरुभन्दा धेरै जोखिममा छ । कहिले बाढी पहिरो कहिले भुकम्प कहिले आगलागी कहिले लु र शीतलहरु आदि आइरहन्छन् । आउने ठेगान छैन् ।आपत्तको बेला गास, बास, कपास प्राथमिकतामा पर्दछन् । ती मध्ये हामीले जगेडा पोशाकलाई अपहेलित गरेका छौ । यस्ताको उपयोग गर्ने बेवास्ता गरेर आपत पर्दा अर्कासँग मागेर अवेरमा दिने गरेका छौँ ।
आवश्यक बेलामा दिन सक्ने उपाय निम्नानुसार छन् । जन्मबाट १–३ बर्ष ५–६ बर्षबाट १०–१२ सम्मका बालबालिका धेरै नफाटिकन राम्रा फालिन्छन् र स्कुल प्रवेश पछि नि.मा.वि.,मा.वि तह छाड्दा उति राम्रा पोशाक फालिन्छन् ।क्याम्पस तहमा आधारसेवामा प्रवेश गरेपछि आफ्ना सरकारले दिएका आयमुलक कागजमा विदेश भ्रमण गर्दा थपिएका र विशेष श्रेणीका र दैनिक फरक–फरक लाएका हामीले देखेकै छौ ।
यी सबैका काल गतिले मर्ने स्त्री पुरुषका होस हराएपछि नाकको बुलाकी, फुुलि, घाटिका सिक्री, मुन्द्रा कानका टप, घडि औठी आदि बस्त्र बाहेक यदि कतै बाकि रहेका भएघाटमा झिक्छौँ । अचानक दुर्घटनामा परेकाको कति प्रथम उद्धारकर्ताले लिन्छन् । बाँकी रहेका सम्बन्धित व्यक्तिले लिन्छन तर ती बिशुध्द घर, दराज, आलमारी, बाकसमा राखिएका पोशाक जति, अपहेलित भएर कतिले मर्ने बितिकै उसका कपडा बोरामा हाल्न लगाएर खोला खाल्सामा फालिदिने गरिन्छ । कतिले घाटमा लगेर राखिदिने घरमा आएपछि केहि दिनमा सबै पोशाक बोरामा राखेर आफै या आजकालका कालो कपास, उद्योगका सिपाहिलाई बोलाएर दिने गरेका छौ ।
ती सिपाइले घाटमा राखेका पनि ल्याउँछन् । मैले मेरै जमिनमा राखेको कपास उद्योगमा देखे ती मनखत लाग्ने कोट, पैन्ट, ज्वाडी, सारी, ब्लाउज, धोती, सुइटर, जकेट, आदिका राम्रा टाक, चेन झिकेर गडासी टुक्रा टुक्रा पारेर कपास बनाउछन् । सिरक, लम्पट, सिरानी, सोफासेट, चकटि आदि बन्छन् र हाम्रो फेरी घर घरमा पछि आउछन् । महिला विधुवा भएपछि धेरैले पहिलेका बस्त्र लगाउन छाड्छन ती पनि बेकार हुन्छन् । कपडा पोशाक बाहेक श्री सम्पति रमाई रमाई प्रयोग गर्दछौ तर विशुध्द निर्दोष बस्त्र र पोशाक छोरा नातिले बाबुका नलगाउने, छोरी बुहारीले आमा सासुका नलगाउने गरे के हुन्छ ?
फाटेका त कपास बनोस उत्तराधिकारी विहिन सबै विदेशबाट ऋण धन गरी जोडेका पोशाकलाई अपमान नगरी निम्नानुसार उपभोग गराउँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृहकार्यालय, संघियमन्त्री परिसदको सर सल्लाह सहित प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिका का जनता जनप्रतिनिधिले नै जेजे आपत्ति आएपनि जसअपजस भोग्न र सेवा गर्न पर्दछ । दुःख पाएकाले जति समान पाएपनि पायौ भन्दैनन् । मन्त्रालय त आकाशबाट गएर हेर्ने लौ अब गास, बास, कपासको बन्दोबस चाडै मिलाउनु केहि पैसा पठाउला भन्छन् । प्रत्येब वडाका निर्वाचित प्रतिनिधिले जस अपजस भोग्न पर्दछ ।
देशका प्रत्येक वडामा, अति दुर्गम बाहेक एउटा उपयुक्त कोठा त्यसमा लिने दिने जिम्मेवार एक कर्मचारीको व्यबस्था गरेर उपयूक्त वोर्ड राखेर प्रचार प्रसार गरिदिने हो भने यी जगेडा बस्त्र बस्त्रालयमा जम्मा हुन्छन् । राम्रा सफा ल्याउनेलाई टिए. डि. ए. दिएपनि केहि फरक पर्दैन, आपद पर्ने दिन नै ठाउँ ठाउँमा पोशाक पु¥याउन सकिन्छ । ठूला बडा देशमा पनि सेकेन हैण्डका बस्त्र घडी, मोबाइल जुत्ताका काम हुन्छन् गरे ।
हामीलाई पाहुर भनेर ल्याईदिने दुकान तेस्तै हुन नयाँ त निकै महंगो पर्दछ गरे जगेडा बस्त्रालय वा अन्य उपयुक्त नाम राखि गर्नु गराउनु भन्ने आदेश सरकारले दिनु पर्दछ । हुन त नेपालमा ठग धेरैछन् । यो कर्मचारीले कसले दियो वा पठायो त्यसको नाम र पठाएका सबैका नाम लेखिराख्ने र दिँदा पनि कसको आदेशमा के के कति दिइयो लागत राख्न पर्दछ । नत्र राम्रा आफुलाई र आफ्नालाई गराउन बेर हुन्न नेपालमा ठग धेरै छन् । अन्त्यमा यो सत्य सुझाब लेख स्वयम् लेखेको हो ।।
तानसेन नगरपालिका ७, तानसेन बहुमुखी क्याम्पस परिसर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय