latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

२०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा व्यापार महोत्सव २०८० हुने भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा बैशाख १४ गतेदेखी २४ गतेसम्म महोत्सव हुने भएको हो ।

तानसेनको बाँसटारीमा हुन लागेको महोत्सव मूल आयोजक समितिका संयोजक सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । जिल्लाको आन्तरिक उत्पादन कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले बताए ।

महाेत्सवमा पाल्पाको लोपोन्मुख कला संस्कृतिको संरक्षण, कोरोना तथा अन्य कारणले ठप्पजस्तै रहेको व्यापार व्यवसायमा चहलपहल ल्याउन पनि महोत्सवले सहयोग गर्ने प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । विगतभन्दा फरक स्थानमा मेला गर्न लागिएकाले यसबाट ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएकाे बताइएकाे छ ।

मेलाबाट नाफा भएको रकम जिल्लाको पर्यटन विकास गर्न र सङ्घको गोर्खेकोटमा बनेको भवन निर्माणका लागि खर्च हुने याेजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय