latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएकाे छ । पाल्पा जिल्लाबाट चार हजार पाँच सय ४६ जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी भएका छन् । जिल्लाभर परीक्षा केन्द्र २७, सहभागि विद्यालय १ सय ३७ सामुदायिक ११ प्राविधिक धार सहित १ सय १७, संस्थागत २० वटा विद्यालयबाट सहभागिता भएकाे शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएकाे छ ।

पाल्पा जिल्लामा यस वर्ष जम्मा परीक्षार्थी ४ हजार ५ सय ४६ जसमा छात्र २ हजार २ सय ८९ छात्रा २ हजार २ सय ५७, प्राविधिक धारतर्फ जम्मा विद्यार्थी २ सय ३९ जना रहेका छन् जसमा छात्र १२४, छात्रा ११५, ग्रेडवृद्धि १ सय १४ छात्र ३९, छात्रा ७५ जना रहेका छन् । केन्द्राध्यक्ष २७, सहायक केन्द्राध्यक्ष ३१, निरिक्षक २२६, सहायक कर्मचारी ४६, विद्यालय सहयोगी ९१, सुरक्षाकर्मी १ सय ३५ जना खटिएकाे शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो ।

२ जना कारागार र २ जना दृष्टिविहिन परीक्षार्थी रहेका छन् । सबैभन्दा बढी विद्यार्थी संख्या भएको परीक्षा केन्द्र दरैठाटी मावि रामपुर २ सय ८६, सबैभन्दा कम दर्लमडाँडा माविमा ६८ जना रहेका छन् । पाल्पा जिल्लामा सबैभन्दा बढी जनता माध्यमिक विद्यालय तानसेनबाट एसइईमा सहभागि भएका छन् । शिक्षक रामप्रसाद ढकालका अनुसार जनता माविबाट साधरण तर्फ १४६, प्राबिधिक तर्फ २५ र खुल्ला तर्फ २० गरी १ सय ९१ जना विद्यार्थी सहभागी भएका हुन् । जिल्लाका विभिन्न २७ केन्द्रबाट चार हजार पाँचसय ४६ विद्यार्थीहरु सहभागि हुँदैछन् । यि विद्यार्थीहरु १ सय ३७ वटा विद्यालयबाट एसइइ परीक्षामा सहभागी भएका हुन् ।

एसइइ परीक्षा मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयाे । यस वर्षकाे एसइइ १७ गते शुक्रवारदेखि सुरु हुने गरि तालिका प्रकाशन भए अनुसार परीक्षा सुरू भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय