latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, चैत १४
नेकपा एमालेका अध्यक्ष तथा पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले पार्टी फुटाएको बताउनुभएको छ । आज तानसेनमा नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तरगत अगुवा कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बिरोधीहरु जादैमा केही असर नपरेको बताउनुभएको हो । उहाँले नेकपा एसका नेता सोम प्रसाद पाण्डे प्रति लक्षित गर्दै पाल्पामा संघिय निर्वाचनमा दुई वटै क्षेत्र एमालेले जितेको बताउदै सम्धीको आर्शिबाद समेत काम नलागेको बताउनुभयो । उहाँले एमाले बिरुद्ध सबै शक्ति एक भएर लाग्दा भने अलिकति अफ्ट्यारो परेको धारणा राख्नुभयो ।
कार्यकर्ता प्रशिक्षण सभामा पूर्बप्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका कामको चर्चा गर्दै, बिकास र संमृद्धी ल्याउन एमालेले जित्नु पर्ने बताउनुभयो । उहाँले आफ्नो पालामा पूर्ब पश्चिम राजमार्ग बिस्तार, पूर्ब पश्चिम रेल, तराइमा हुलाकी राजमार्गको काम भएको धारणा राख्नुभयो । अरुले २० बर्ष गर्ने कम एमाले सरकारमा हुदा ३ बर्षमा नै गरेको उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले पाल्पाको प्रशंग निकाल्दै जीर्ण बनेको रानीमहल जीर्णेद्धार गर्न, सिद्धबाबा सुरुङ्ग बनाउन एमालेले जितेपछि सम्भब भएको बताउनुभयो । उहाँले पाल्पाका सबै स्थानीय तह र प्रदेश सभा समेत एमालेले जित्नुपर्ने बताउनुभयो । सो अबसरमा जिल्लामा संगठन बलियो बनाउन योगदान गर्ने जिल्ला पार्टीपंक्ति, कार्यकर्ता लगायतलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
पूर्बप्रधानमन्त्री ओली भोली ऐतिहासीक रानीमहल जाने कार्याक्रम रहेको नेकपा एमाले पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय