शुक्रबार , बैसाख १४, २०८१

सुशीला रेग्मी रामपुर (पाल्पा), १३ चैत

रामपुर वचत तथा ऋण सहकारी संस्थाकाे अायाेजनामा संचालन भएको सदस्य सक्षमता विकास सम्बन्धि दुई दिने तालिम सकिएको छ । पाेखराकाे लेकसाइडकाे हाेटल लेकप्यालेसमा चैत १२ र १३ गते तालिम संचालन गरिएको हाे । संस्थाका संचालक समिति सदस्य तथा उपसमिति, सल्लाहकारका लागि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)काे प्राविधिक सहयोगमा तालिम दिइएको छ। सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको तालिम समापनका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान संचालक समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहनुभएको हाे । उहाले तालिमको समापन गर्नुहुदै अाजबाट तालिम सकियाे भाेलिबाट काम सुरु हुने हुनाले तालिमको महत्त्व सम्झेर संस्थामा बफादार भएर काम गर्नुपर्ने बताउनुभएको छ । सबैकाे साथ सहयोगले संस्था अगाडि बढ्दै गएको हुदा तालिममा सिकेको नया ज्ञान सिपलाई संस्थामा देखिने गरि काम गर्न प्रदेश सभा सदस्य श्रेष्ठले अनुराेध गर्नुभएको छ । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । संचालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हाे । तालिममा सहकारी दर्ता, वातावरण, सहकारीकाे अवधारणा र विकासक्रम, सहकारि र वचत तथा ऋण सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त र व्यावहारिक प्रयोग,सहकारीको संस्थागत संरचना परिचय र समिति, उपसमितिकाे काम कर्तव्य र अधिकार लगायतका विषयमा सहभागीलाई ज्ञान सीप सिकाईएकाे छ । तालिमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का अनुगमन अधिकृत सुर्यप्रसाद तिमिल्सिनाले गर्नुभएकाे हाे । तालिम समापनका अवसरमा सहजकर्ता नेफ्स्कुनका अनुगमन अधिकृत तिमिल्सिनाले तालिममा सिकेका सिपलाई व्यावहारमा उतारेर नमुना र उत्कृष्ट साकाेस बनाउन सफलताको शुभकामना दिनुभएको छ । सहभागी संचालक समिति सदस्य राजेन्द्रप्रसाद बस्ताकाेटिले दुई दिनकाे अवधिमा धेरै ज्ञान सीप सिकेको हुदा यसलाई पाल्पाकै मात्रै नभई नेपालकै नमुना र उत्कृष्ट सहकारीकाे रूपमा चिनाउने गरि काम गर्ने बताउनुभएको छ । सहभागी संचालक समितिका सदस्य पवित्रा पाैडेल ढकालले सिक्दै सिकाउदै जाने सङ्कल्पका साथ संस्थालाई अगाडि बढाउने प्रतीवद्द्ता जनाउनुभएकाे छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले तालिमको समापन गर्नुहुदै संस्था विकासका लागि संचालक समिति, विभिन्न उपसमिति, कर्मचारी, सल्लाहकार एक भएर लाग्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय