सुशीला रेग्मी रामपुर चैत १३

रामपुर वचत तथा ऋण सहकारी संस्थाकाे अायाेजनामा सदस्य सक्षमता विकास सम्बन्धि दुई दिने तालिम पाेखरामा सुरु भएको छ । संस्थाका संचालक समिति सदस्य तथा उपसमिति, सल्लाहकारका लागि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)काे प्राविधिक सहयोगमा तालिम अायाेजना गरिएको हाे । पाेखरा लेकसाईडमा हाेटल लेकप्यालेसमा सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा तालिम शुभारम्भ गरिएको छ । अध्यक्ष रेग्मीले सहकारीको स्थापना देखि हालसम्मका अवस्था जानकारी गराउनुहुदै कार्यक्रमकाे उद्देश्य बारेमा बताउनुभयो । तालिमकाे उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान संचालक समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठले गर्नुभएको हाे । उहाले तालिमको उद्घाटन गर्नुहुदै केही सहकारीले नीति नियम र कानुन अनुसार संचालन नहुदा अहिले विकृति अाएकाे बताउनुहुदै सहकारीले सदस्य सेवालाई पहिलाे प्राथमिकता दिएर काम गरेमा सबैकाे हित हुने बताउनुभएको छ । प्रदेश सभा सदस्य श्रेष्ठले केही नियम विपरित चलेका सहकारीले गर्दा नियमसंगत चलेका सहकारीलाई समेत अप्ठ्यारो पार्ने गरेको बताउनुहुदै सदस्य सबै मिलेर एकताबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । समितिका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको तालिम उद्घाटन सत्रकाे संचालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हाे । तालिममा सहकारी दर्ता, वातावरण, सहकारीकाे अवधारणा र विकासक्रम, सहकारि र वचत तथा ऋण सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त र व्यावहारिक प्रयोग,सहकारीको संस्थागत संरचना परिचय र समिति, उपसमितिकाे काम कर्तव्य र अधिकार लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको छ । तालिमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी संघका सुर्यप्रसाद तिमिल्सिनाले गरिरहनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय