latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी रामपुर चैत १३

रामपुर वचत तथा ऋण सहकारी संस्थाकाे अायाेजनामा सदस्य सक्षमता विकास सम्बन्धि दुई दिने तालिम पाेखरामा सुरु भएको छ । संस्थाका संचालक समिति सदस्य तथा उपसमिति, सल्लाहकारका लागि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)काे प्राविधिक सहयोगमा तालिम अायाेजना गरिएको हाे । पाेखरा लेकसाईडमा हाेटल लेकप्यालेसमा सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा तालिम शुभारम्भ गरिएको छ । अध्यक्ष रेग्मीले सहकारीको स्थापना देखि हालसम्मका अवस्था जानकारी गराउनुहुदै कार्यक्रमकाे उद्देश्य बारेमा बताउनुभयो । तालिमकाे उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान संचालक समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठले गर्नुभएको हाे । उहाले तालिमको उद्घाटन गर्नुहुदै केही सहकारीले नीति नियम र कानुन अनुसार संचालन नहुदा अहिले विकृति अाएकाे बताउनुहुदै सहकारीले सदस्य सेवालाई पहिलाे प्राथमिकता दिएर काम गरेमा सबैकाे हित हुने बताउनुभएको छ । प्रदेश सभा सदस्य श्रेष्ठले केही नियम विपरित चलेका सहकारीले गर्दा नियमसंगत चलेका सहकारीलाई समेत अप्ठ्यारो पार्ने गरेको बताउनुहुदै सदस्य सबै मिलेर एकताबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । समितिका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको तालिम उद्घाटन सत्रकाे संचालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हाे । तालिममा सहकारी दर्ता, वातावरण, सहकारीकाे अवधारणा र विकासक्रम, सहकारि र वचत तथा ऋण सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त र व्यावहारिक प्रयोग,सहकारीको संस्थागत संरचना परिचय र समिति, उपसमितिकाे काम कर्तव्य र अधिकार लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको छ । तालिमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी संघका सुर्यप्रसाद तिमिल्सिनाले गरिरहनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय