latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

ज्ञानोदय प्राथमिक बिधालय माथागढी १ चिदीपानी एक्लेबर पाल्पाको शैक्षिकसत्र २०७९ को समिक्षा तथा आगामी शैक्षिकसत्र २०८० को योजनाको बारेमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष राजकुमार पन्थीकाे अध्यक्षता, गाउकार्यपालिका सदस्य तुलसा नेउपानेको उपस्थिति रहेको थियो।

अभिभावक,विद्यार्थी र शिक्षक साथ सहयोग र विद्यालय ब्यवस्थापनको चुस्त टिमका कारण विद्यालयले पुनर्जीवन प्राप्त गरेको उल्लेख गर्दै माडी क्षेत्रको समग्र बिकासमा यस विद्यालयको भबिस्यले सवै उरा निर्धारण गर्ने अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो।बिधालय ब्यबस्थापन समिती सदस्यहरु, शिक्षक अभिभावक संघका पधाधिकारीहरु, अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो।

शैक्षिक सत्र २०७९ को समिक्षा, शैक्षिक सत्र २०८० का विद्यालयको योजनाहरु,थप कक्षा ६ संचालन,र अभिभावक बाट पृष्ठपोषण भएको सहायक प्रअ मेनुका थापाले जानकारी दिनुभयो। विद्यालयका प्र अ बिजयदिप पन्थीले विद्यालयको बर्तमान अवस्थाको बारेमा अभिभावकलाइ प्रकाश पार्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय