latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी रामपुर (पाल्पा), २८  फागुन

रामतुलसी नमुना मावि रामपुर पाल्पामा छलफल तथा अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम भएको छ । गत फागुन १५ देखि २१ गतेसम्म भारतका शैक्षिक संस्थामा गरिएको शैक्षिक अवलोकन भ्रमणबारे अनुभव आदानप्रदान कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतीष्ठानका अध्यक्ष तथा रामतुलसी नमुना माविका पुर्व विद्यार्थी, युवा समाजसेवी सन्दिप राना रहनुभएको हो । मुख्य पाहुना रानाले शैक्षिक विकासका लागि यश भ्रमणले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गर्नुभएको छ । विभिन्न दार्शनिकको सिद्धान्त प्रस्तुत गर्दै रानाले प्रयोगात्मक शिक्षामा जोड दिन अनुरोध गर्नुभएको छ । भारतको तुलनामा नेपालका विद्यालय कमजोर छैन तर सोच बदलिन नसक्दा शिक्षामा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको युवा समाजसेवी रानाले बताउनुभएको छ । मुख्य पाहुना रानालाई विद्यालयले ढाकाटोपी, पाल्पाली करुवा र दोसल्ला सहित प्रशंसा पत्रले सम्मान गरिएको छ । प्रधानाध्यापक बालकृष्ण लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । नगर शिक्षा अधिकृत विकल काफ्लेले केन्द्र, प्रदेश र स्थानीय तहले फरक फरक विद्यालय संचालन गरेको पाइएको र केही विद्यालय रामपुर नगरपालिका भित्रका नमुना विद्यालयसंग मिल्दाजुल्दा प्रविधि रहेको जानकारी गराउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, चन्द्रदोय माविका प्रधानाध्यापक टंकनाथ पोखरेल, आधारभुत माविका प्रधानाध्यापक रुपनाथ गौतम, सिताराम माविका प्राधानाध्यापक हरिप्रसाद अधिकारी, कृष्णादेवी माविका प्रअ महेन्द्रराज थापा, दरैठाटि माविका प्रअ सुन्दरप्रसाद देवकोटा, गंगा माविका प्रअ देवराज देवकोटा, नवदुर्गा माविका प्रअ भानुभक्त न्यौपाने, रामतुलसि नमुना मावि विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, रमादेवी अर्याल भण्डारी, अशोक श्रेष्ठ लगायतले अवलोकन भ्रमण फलदायी रहेको र त्यहाको शैक्षिक प्रविधि नेपालमा अवलम्बन गर्न सकियो भने शिक्षामा फड्को छिट्टै मार्ने बताउनुभएको छ । रामतुलसि माविको आयोजनामा रामपुर नगरपालिका र निस्दि गाउपालिका भित्रका मावि तहका प्रधानाध्यापकहरु सहित रामतुलसी माविका विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा अधिकृत विकल काफ्ले, वडाध्यक्ष सहितको २२ जनाको टोलिले भारतका नमुना विद्यालयको अवलोकन भ्रमण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय