latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले नेपाली मौलिक चाडपर्वहरुको मर्म जीवन्त रहने गरि पर्व मनाउनुपर्ने बताउनुभएको छ ।

इन्सेकको पहलमा गठन भएको बेद युवा समूहले फागु पर्वको अवसरमा बगनासकाली–८ बराङ्दीमा आयोजना गरेको हराउँदो संस्कृति प्रतिको पलाउँदो आशा विषयक अन्तरसंवाद कार्यक्रममा गैरेले फागु पर्वलाई पछिल्लो समय होलीका रुपमा बुझ्न थालिएकोले यसलाई फागु पर्वकै रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुराना पुस्तामा रहेको फागु संस्कृति र फागु गीत नयाँ पुस्तालाई सिकाउँदै बुझाउँदै फागु पर्व र यो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी दर्लामीले फागु सहित बगनासकाली भित्र मनाउने विभिन्न चाडपर्वहरुलाई बगनासकालीको स्थानीय पाठ्यक्रममा समेटिएको बताउनुभयो । उहाँले आगामी दिनमा यहाँ मनाइने पर्व, र यहाँको संस्कार सस्कृति धार्मिक साँस्कृतिक पहिचानहरुलाई पालिकाले प्रवर्धन गर्दै जाने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले आगामी वर्षदेखि बगनासकालीको फागु संस्कृति संरक्षणका लागि विशेष कार्यक्रम बनाउने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका संयोजक रविन्द्र घिमिरेले बराङ्दीका युवाहरुले बेद युवा समूह मार्फत धेरै रचनात्मका कार्यक्रम गर्दै आएको बताउनुभयो ।

प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानेले पर्व मनाउने शैली समयसापेक्ष परिवर्तन हुँदै गएकोले पर्वको पुरानो महत्वलाई बिर्सन नहुने बताउनुभयो । प्रहरी चौकी भुसलडाँडाका असई अवदेशकुमार यादवले सामाजिक मुल्यमान्यतालाई कायम राख्दै पर्वहरु मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा विभिन्न प्रतियोगिताहरु पनि गरिएको थियो । स्थानीय युवाहरुले गीत र नाच प्रस्तुत गरेका थिए । क्लवका संरक्षक तथा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको अध्यक्षता र बेद युवा समूहका अध्यक्ष बरुण बस्यालको संचालनमा कार्यक्रम चलेको थियो । इन्सेकले गठन गरेको यो युवा समूहले बराङ्दी, चापपानी र खानीगाउँ क्षेत्रका युवाहरुलाई समेटेर बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय