latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फाल्गुन १७
पाल्पाको बगनासकाली गाउँपालिकाको चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुुने भएको छ । चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य भइरहेकाले यही भोलीदेखि चैत्र ३० गतेसम्म सडक बन्द गरिने भएको हो ।
निर्माण कम्पनी बाबा कन्स्ट्रक्सन वालिङ –८ स्याङ्जाले पिच र ढलानको काम भरहेकाले नियमित सवारी आवागमनले निर्माण कार्यमा समस्या भएकाले सवारी साधन रोकिदिन आग्रह गरेपछि बगनासकाली गाउँ सरकारले सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ । पालिकाले मंगलबार एक सूचना जारी गर्दै आज देखि चैत्र ३० गतेसम्म सवारी साधन नचलाउन भनेको छ ।
निर्माणस्थलमा सवारी साधन नचाई बैकल्पिक बाटो प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिन बगनासकाली गाउँपालिकाले सबै संग अनुरोध गरेको छ । उक्त सडक प्रयोग गर्ने सवारी साधनहरुले खोरबारी–बरबा–नायर, ढङ्यान–छतिवन– नायर र कोइलीखानी–नायर सडकको बैंकल्पिक प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय