latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फाल्गुन १५
पाल्पामा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ६ घोर्लीघाटमा भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोहि स्थानका ५८ बर्षिय निर बहादुर सारु र २८ बर्षिय टिकाराम सारु रहेका छन् । उनीहरु भरुवा बन्दुक बोकि गाउँ डुलेको सूचना पाएपछि प्रहरी चौकी हार्थोकले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ नाले भरुवा बन्दुक थान १, २५ वटा फलामको टुक्रा, कालो धुलो बारुद्ध ७० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनीहरुलाई अदालतबाट म्याद लिइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय