पाल्पा, फाल्गुन १५
पाल्पामा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ६ घोर्लीघाटमा भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोहि स्थानका ५८ बर्षिय निर बहादुर सारु र २८ बर्षिय टिकाराम सारु रहेका छन् । उनीहरु भरुवा बन्दुक बोकि गाउँ डुलेको सूचना पाएपछि प्रहरी चौकी हार्थोकले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ नाले भरुवा बन्दुक थान १, २५ वटा फलामको टुक्रा, कालो धुलो बारुद्ध ७० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनीहरुलाई अदालतबाट म्याद लिइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय