latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फाल्गुन १२
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सरकारमा सहयोग सहकार्य हुनुभन्दा घेराबन्दी भइरहेको बताउनुभएको छ ।
आज पाल्पा सदरमुकाम तानसेनमा नेकपा माओवादी केन्द्रको दुई महिने बैचारीक, राजनैतीक, संगठनिक अभियानको सुरुवात गर्दै माओबादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले अहिले अग्रमनकारी शक्तिलाई घेराबन्दी गर्दै राजावादी र प्रतिगामीहरु हावी हुँदै गएकोले एमालेसँग तालमेल मिल्न नसकिरहेको बताउनुभयो ।
उहाँले सरकारलाई घेराबन्दी गरे माओवादीले सहकार्यमा बिचार गर्ने बताउनुभयो । माओवादीले समाजवाद निर्माणको लागि शान्तिपूर्ण कार्यदिशा मार्फत राज्यको नेतृत्व गर्दै समाजवाद निर्माण गर्ने दिशातर्फ प्रर्यत्नरत रहदै आएको छ, उहाँले बताउनुभयो । उपप्रधान मन्त्री श्रेष्ठले आफूहरुले राजनीतिक बैचारिक कार्यक्रम, आत्मालोचना, आलोचना सहित जनस्तरबाट समेत सुझाव संकलन गरिएको बताउनुभयो ।
उहाँले विवेकपूर्ण ढंगले नेकपा निर्माण गरेर सामाजिक रुपान्तरण गर्ने नीति लिइएको भएता पनि ओलीको विचार प्रवृत्तिले नेकपा नबचेको आरोप लगाउनुभयो । माओवादीकै नीतिका कारण बामपन्थीहरुको विचमा एकता र सहकार्य हुनुपर्छ भन्ने मान्यताका कारण अहिलेको सरकार निर्माण भएको जिकिर गर्नुभयो । बामपन्थीहरु प्रति जनताको व्यापक सर्मथन रहेको बताउदै उपप्रधान मन्त्री श्रेष्ठले अब सहि ढंगले नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
सरकार चलाउने संयन्त्रको अध्यक्ष एमाले अध्यक्ष भएता पनि प्रधानमन्त्रीलाई लाध्ने कामको सिर्जना भएकोले नयाँ परिस्थिति बन्दै गइरहेको बताउनुभयो । उहाँले अहिले माओवादीले फरक तालमेल वा गठबन्धनको पक्षमा नरहेको भएता पनि प्रधानमन्त्रीले ९९ प्रतिशत मत सहित राष्ट्रिय सहमति प्राप्त गरेकोले सरकारले सोही अनुसारको समर्थन राष्ट्रपतिमा पनि होस भन्ने चाहेको छ । त्यसको लागि निरन्तर वार्ता चलिरहेको बताउनुभयो छ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय