latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फाल्गुन ११
हिउँदयाम लाग्दै गर्दा पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको हाहाकार भएको छ । तीन÷चार दिन बिराएर एक दिन घरमा आउने धारा पछिल्लो समय १०÷१५ दिनमा आउन थालेको उपभोक्ताको गुनासो छ । पानी हाहाकार भएपछि खानेपानी उपभोक्ता भने खानेपानी कार्यालयमा धर्नामा बस्न थालेका छन् ।
खानेपानी समितीको लागरवाहीले उपभोक्ताहरू खानेपानी जस्तो अनिवार्य आवश्यकताबाट बन्चित भएकाले धर्नामा बस्नुपरेको तानसेन नगरपालिकाका कार्यपालिका सदस्य तथा उपभोक्ता दिनेश गन्धर्वले भन्नुभयो । उहाँले पटकपटक खानेपानी समस्याका बारेमा ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएपछि धर्ना बस्नुपरेको बताउनुभयो ।
तानसेनकी गृहिणी गंगा पौडेलले प्रत्येक महिना खानेपानीको बिल तिर्दै आएपनि पिउनेपानी भने दुई सातासम्म नआएको दुखेसो गर्नुभयो ।
तानसेन खानेपानी उपभोक्ता समितिले बिद्युत भोल्टेजको समस्याको कारणले गर्दा पानी बितरणमा समस्या आएको जनाएको छ । समितीले सूचना जारी गर्दै पानी बितरणमा समस्या आएको बताउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय