latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फाल्गुन १०
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा राजन भट्टराईले नेकपा एमालेको मिसन ग्रासरुट अभियान पार्टी सर्भिसिङ्गको अभियान भएको बताउनुभएको छ । डा Þभट्टराईले एमाले ठूलो गाडी भएकाले धेरै यात्रु बोक्दा कहिकतै टुटफुुट हुन सक्ने भएकाले मिसन ग्रासरुटलाई सर्भिसिङ्गको रुपमा लिन पर्ने बताउनुभएको हो ।
प्रेस चौतारी पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले केही पुराना नेताले पार्टी छोडेको अवस्थामा युवाहरुलाई पार्टी प्रति जागरण ल्याउन यो अभियान चलाइएको बताउनुभयो । उहाँले कुनैपनि पार्टी पुरानो नहुने बताउदै पार्टीले अंगिकार गरेको नीति तथा सिद्धान्त समय र माग अनुसार परिवर्तनको आवश्यकता रहने धारणा राख्नुभयो ।
एक फरक प्रशंगमा नेता भट्टराईले १० गतेकै सहमती अनुसार देशले राष्ट्रपती पाउने जिकिर गर्नभयो । उहाँले एमालेकै उम्मेद्धार राष्ट्रपती हुने समेत स्पष्ट पार्नुभयो । उहाँले राजतन्त्र २०६२÷६३ को परिवर्तन पछि हटिसकेकाले पूर्बराजाको सक्रियतालाई पार्टी खोलेर आउन समेत चेतावनी दिनुभयो । आफ्नो पार्टीका केही नेता प्रति लक्षित गर्दै नेता भट्टराईले ती नेतालाई पार्टीले कारवाही प्रक्रिया थालि सकेको समेत जानकारी दिनुभयो ।
कार्यक्रम प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र संचालन सचिब नारायण न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय