latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

सुशीला रेग्मी रामपुर , ८ फागुन

कृषि तथा पशुपंक्षीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ जना कृषकलाई व्यावसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो । रामपुरमा चलेको कृषि मेला प्रदर्शनी, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा गरिएको प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । तरकारीबाली, फलफूलबाली, मसलाबाली, जरेबाली, पुष्पबाली, खाद्यान्नबाली, व्यावसायीक च्याउ खेती, बोकापालन, बाख्राको खोर व्यवस्थापन, बंगुरपालन, गाईभैसीपालनमा विधा तोकेर उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको कृषि तथा पशु प्रदर्शनी मेलाका संयोजक सूर्यप्रसाद रेग्मीले बताउनुभयो । तरकारीबालीतर्फ उत्कृष्ट गोलभेँडा खेतीमा दुर्गाबहादुर मश्राङ्गी, लौका खेतीमा धनमाया पोखरेल, ब्रोकाउली खेतीमा भगवती देवकोटा र गिता अधिकारी, फलफूलतर्फ उत्कृष्ट केराखेती (जिनाईन जात) सोमबहादुर सेन, स्थानीय केराखेती हेमबहादुर राना, स्थानीय मेवा थुमकला पाण्डेय, कागती खेती चित्रादेवी देवकोटा उत्कृष्ट हुनुभएको छ । मसलाबालीतर्फ अदुवा खेतीमा राममाया लामिछाने, बेसार खेतीमा शिवप्रसाद बस्याल, माया पाठक, लसुन खेतीमा घनश्याम देवकोटा, खाद्यान्नतर्फ मकै खेतीमा चित्रादेवी देवकोटा, फापर खेतीमा जगन्नाथ गैरे र बालिकादेवी रेग्मी, च्याउ खेतीमा सेरबहादुर सोती, पुष्प खेतीमा सुकमाया सारु, शान्ति चितौरे, लालबहादुर थापा पुरस्कृत हुनुभएको छ । जरेबालीतर्फ मुलाखेती भगवती बस्याल, तरुलखेती घनश्याम बस्याल, गाजरखेती बन्दना पोखरेल, पिँडालुखेती जिता सार्की उत्कृष्ट भई पुरस्कार प्राप्त गर्नुभएको छ । पशुपालनतर्फ गाईभैसीपालनमा प्रथम भट्टराई उन्नत गाईफार्म, दित्तिय होलस्टिन गाई तथा भैसीफार्म, तृत्तिय चुरामणी कृषि तथा पशुपंक्षी कृषिफार्म भएको छ । बंगुरपालनमा कृषि तथा पशुपंक्षी फार्म उत्कृष्ट हुन सफल भएको कृषि तथा पशुमेला प्रदर्शनी समितिले जनाएको छ । बोकापालनमा प्रथम लिला श्रेष्ठ, दित्तिय नारायण भण्डारी, तृत्तिय पार्वती मल्ल, सान्त्वना दाजुभाई सप्लायर्स, बाख्राको खोर व्यवस्थापनमा प्रथम जि एग्रोगट फार्म, दित्तिय निर्मल पशुपंक्षी फार्म, तृत्तिय कृष्णगण्डकी बाख्रापालनफार्म, सान्त्वना स्थान युवा समृद्धी बाख्राफार्मले पुरस्कार हात पारेको छ । कृषिमेला प्रदर्शनीका लागि कृषि ज्ञानकेन्द्र पाल्पाले आर्थिक सहयोग गरेको छ । ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारीले कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक उत्पादनमा जोड दिने उद्धेश्यले प्रदर्शनीमा सहयोग गरिएको बताउनुहुन्छ । “कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायीक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्नेछ, कार्यालयले साना देखि ठूला कृषकलाई विभिन्न विधामा सहयोग गर्दै आइरहेको छ” उहाँले भन्नुभयो । प्रतियोगितामा प्रथम, दित्तिय, तृत्तिय र सान्त्वना हुनेलाई क्रमश ः नगद रु चार हजार, तीन हजार, दुई हजार र एक हजार पाँच सय साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । बालीको शुद्धता, रोग किराको अवस्था, बालीको परिपक्कता, स्थानीय बाली, रङको आधारमा कृषकलाई उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो । यहाँ आयोजना गरिएको कृषि तथा पशुमेलाले कृषकमा हौसला बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय