latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल
पाल्पा, फाल्गुन ७
पाल्पाको रिब्दीकोट गाउँपालिकाको चकल्दी फाँटमा औद्योगिक ग्राम बन्ने भएको छ । सरकारले पाल्पा सहित देशभरका आठ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेसंगै औद्योगिक ग्राम बन्ने भएको हो । बिहीबारको मन्त्रीपरिषदको बैठकले उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयको प्रस्ताबमा औद्योगिक ग्राम बन्ने स्थान घोषणा भएको हो ।
औद्योगिक ग्रामले समग्र गाउँपालिका संगै जिल्लालाई समेत आर्थिक बिकासमा सहयोग पुग्ने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । उहाँले एक पालिका एक औद्योगिक ग्रामको नीति अनुसार पालिकाले औद्योगिक ग्राम स्थापनामा पहल गरेको धारणा राख्नुभयो ।
औद्योगिक ग्राम बन्ने भएपछि रिब्दीकोट गाउँपालिकाको खस्यौली, भैरबस्थान, कुसुमखोला, ठिमुरे लगायतको क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने छ । भने, समग्र गाउँपालिकालाई नै आर्थिक बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
थ्रिफेल बिजुली, सडक सुबिधा, पानी र सम्मो स्थान भएकाले चकल्दी फाँट औद्योगिक ग्रामका लागि उपयुक्त रहेको स्थानीय चिरन्जीबी खनालले बताउनुभयो । उहाँले औद्योगिक ग्राम स्थापना भएपछि यस क्षेत्रको बिकास हुने अपेक्षा राख्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय