latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), फागुन ३

रामपुर महोत्सवमा दर्शकको उपस्थिती बाक्लिदै गएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा तेस्रोत रामपुर महोत्सव तथा व्यापार मेला आयोजना गरिएको हो । मेलामा दैनिकजसो राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारको सांगीतिक प्रस्तुतिले दर्शकको आकर्षण बढिरहेको छ ।

मंगलवार दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा आठ समुहको सहभागीता छ । नवलपरासी र चापाकोट, पृथ्वी टेलिभिजन र दिदिभाई समूह तनहुँ बिच घम्साघम्सी दोहोरी चलेपछि दर्शकको ध्यान मञ्चतिर तानिएको छ । मंगवार आधुनिक गायिका एलिना चौहान, बाल कलाकार सुप्रिम मल्ल, शान्ति डोटेल, कुशल बेलवासे लगायतका कलाकारको रमाईलो साँस्कृतिक प्रस्तुतीले दर्शकलाई नचाएको थियो । मेलामा राखिएका स्टलमा विभिन्न सामग्री किनमेल गर्नेको घुईचो दिनहँु छ । संघको बहुउद्देश्यीय भवन, रामपुरको प्रचार प्रसार, कालीगण्डकी उपत्यकाको पर्यटन विकास, आर्थिक समृद्धिका लागि मेला आयोजना गरिएको हो । गत माघ २७ गते उद्घाटन भई अगाडी बढेको मेलालाई आयोजकले प्रवेशद्वार देखि स्टल परिसर, बाल उद्यान, महोत्सव परिसरमा सुरक्षा व्यवस्था मजबुत बनाएको सुरक्षा व्यवस्था उपसमिति संयोजक विनोद श्रेष्ठ बताउनुहुन्छ । बालउद्यानमा दर्शक भरिभराउ भएपछि मेलामा चहलपहल बढीरहेको छ । रामतुलसी नमुना माविको खेलमैदान बेझाडमा चलिरहेको मेला आउदो फागुन ८ गतेसम्म चल्नेछ ।

साङ्गितिक कार्यक्रमको संचालन कलाकार कल्पना रेग्मी, लोकदोहरी प्रतियोगिताको संचालन गायक नारायण खनाल लेकालीले गर्नुभएको हो भने औपचारिक कार्यक्रमको संचालन संघका महासचिव पुरुषोत्तम केसीले गरिरहनुभएको छ । संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा मेला चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय