latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा । बेथल बोर्डिङ सेकेण्डरी स्कुल तानसेनको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका कार्यवाहक प्रिन्सिपल रुपचन्द्र थापाले विद्यालयमा समयसापेक्ष प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरुसँगै तेक्वान्दो लगायतका खेलकुदमा समेत धेरै पदकहरु प्राप्त गरेको बताउनुभयो ।

विद्यालयमा नियमित रुपमा अतिरिक्ति क्रियाकलापसँगै बिद्यालय र विद्यार्थीहरुको तर्फबाट बिभिन्न समयमा सामाजिक सेवा अन्तरगत दृष्टिबिहीन तथा गरिव र विपन्न विद्यार्थीहरुको सहयोगार्थ रचनात्मक कार्यक्रम हुँदै आएको थापाले बताउनुभयो । यस शैक्षिक सत्रमा जेहन्दार र न्यून आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरुलाई २७ लाख ३५ हजार ६ सय ८९ रुपैयाँ बराबरको निःशुल्क छात्रवृत्ति प्रदान गरेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री वीर बहादुर रानाले तानसेनको शैक्षिक क्षेत्रमा बेथल स्कुलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामी दिनमा निरन्तर रुपमा गुणस्तरीय र समयसापेक्ष शिक्षा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

बिशिष्ट अतिथि अर्का प्रदेश सभा सदस्य खेम बहादुर सारुले अब संस्कार सहितको व्यवसायिक र प्राविधिक शिक्षा रहनुपर्ने बताउनुभयो । विद्यालयका पूर्व प्रिन्सिपल समेत रहनुभएका सांसद सारुले बेथल स्कुल मार्फत हुँदै आएको शिक्षालाई आगामी दिनमा पनि उस्तै प्रभावकारी रुपमा बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालय संचालक समितिका उपाध्यक्ष त्रिलोचन पौडेल, प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, प्याब्सनका पूर्व केन्द्रीय सदस्य भरतप्रसाद न्यौपाने, उद्योग बाणिज्य संघ पाल्पाका महासचिव समिरमान सिं, प्याब्सनका नगर अध्यक्ष गंगा बहादुर खत्री, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पाल्पा व्यापार संघका प्रतिनिधि बालकृष्ण भण्डारी, अभिभावक राजेन्द्र खड्का, बेथल भुपु विद्यार्थी समाजका उपाध्यक्ष लिनिसा गाहा, विद्यार्थी बिरिश सारु लगायतले विद्यालयको अझ प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयमा गठित बेथल भुपु विद्यार्थी समाजले जेष्ठ अभिभावकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र तेक्वान्दो प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

विद्यालयका सहायक प्रिन्सिपल महेन्द्रकुमार पोखरेलको स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय अदिश नेपाल र मालिका छहरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय