सुशीला रेग्मी रामपुर

पाल्पा, २६ माघः

पाल्पाको रामपुरमा कृषि प्रदर्शनी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी पुरा भएको छ । शुक्रवार देखि सुरु हुने मेलाको तयारीलाई तीव्र बनाइएको छ । मेलाका सन्दर्भमा विहिवार साँझ मेलास्थल परिषरमा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिइएको छ । प्रचार प्रसार उपसमिति संयोजक बासुदेव ढकालको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ २७ देखि फागुन ८ गतेसम्म हुने मेलामा कृषि प्रदर्शनी, महिला उद्यमीबाट उत्पादन गरिएका सामग्री, स्थानीय कला संस्कृतीलाई प्राथमिकता दिइएको संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार कृषि प्रदर्शनी सहित तीन सय स्टल दर्ता भएका छन् । कोभिड–१९ ले आर्थिक मन्दी हुदा उद्योग व्यावसाय धारासायी भएको अर्थतन्त्रलाई चलायमान बनाउन, संघको भवन निर्माणमा सहयोगार्थ, रामपुर उपत्यका सहित कालीगण्डकी उपत्यकाको प्रचार प्रसार, लोपोन्मुख वस्तुको प्रवद्र्धन, यस क्षेत्रको कला संस्कृतीको जगेर्ना गर्न, कृषि उत्पादनलाई प्रवद्र्धन गर्न मेला आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताउनुभयो । “कालीगण्डकीवेशी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरुको उजागर गर्नको लागि महोत्सवको माध्यमबाट पहल थाल्ने, कुटिर उद्योगहरुको प्रवद्र्धन, पर्यटक आगमनमा वृद्धि गर्ने, स्थानीय उत्पादनको वजारिकरण गर्ने, कालीगण्डकी उपत्यकाको प्रचार–प्रसार गर्नका लागि पालिकाहरुसंग समन्वय गर्ने, कृषकलाई प्राथमिकतामा राखेर अघि बढाइनेछ” उहाँले भन्नुभयो । महोत्सवमा स्थानीय उत्पादन, कृषिजन्य सामाग्री संगै स्टल राख्नको लागि स्थानीय उद्योगी व्यावसायीलाई प्राथमिकता दिने, बालउद्यान, कृषि प्रदर्शनी, फोटो प्रदर्शन, ¥याफ्टिङ्ग, प्याराग्लाईडिङ्ग, हेलिकप्टरबाट कालीगण्डकी उपत्यकाको दृश्यावलोकन, साँस्कृतिक झाँकी प्रदर्शन हुने भएको छ । कला संस्कृतीको उजार गर्न तेस्रो रामपुर डान्स आईडल हुने संघले जनाएको छ । मेला अवधीभर करिव तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । नेपाल पत्रकार महासंघका पाल्पा शाखा उपाध्यक्ष सिर्जना घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन प्रचार प्रसार उपसमिति सह संयोजक दुर्गेश मल्लले गर्नुभएको हो ।

शुक्रवार विहान ११ वजे संघको भवन रातोढिकमा स्थानीय कला संस्कृति, झाँकी सहित ¥याली निकालेर बजार परिक्रमा गरी महोत्सवस्थलमा परिणत गरी उद्घाटन सत्रको कार्यक्रम रहेको आयोजकले जनाएको छ । पत्रकार भेटघाटमा यातायात व्यवस्थापन उपसमिति संयोजक भोजराज भट्टराईले मेला अवलोकन गर्न आउने स्थानीयलाई मागको आधारमा यातायातको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय