शुक्रबार , बैसाख १४, २०८१

सुशीला रेग्मी रामपुर २६ माघ

अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा सामाजिक अभियन्ता सन्दिप रानाले शिक्षाको उज्यालो ज्योती दिने गुरुहरुले देखाएको असल मार्गको अनुशरण गर्नुपर्ने बताउनुभयो । सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका वडा नं ४ सदावर्त पाल्पाले ४० औ वार्षिकोत्सव तथा ४१ औ अभिभावक दिवसको उद्घाटन गर्नुहुदै प्रतिष्ठानका अध्यक्ष रानाले सही मार्ग देखाउने गुरुजनले देखाएको असल बाटो विद्यार्थीले पछ्याउँदै राम्रो सपना बोकेर मेहनत गरियो भने निश्चित गन्तव्यमा पुग्न सकिने बताउनुभएको छ । “विद्यालय गएर पढ्नुपर्छ भन्ने मानसिकता नभएको तत्कालिन समयमा विद्यालय सञ्चालन गरी धेरै विद्यार्थीलाई सीताराम माध्यमिक विद्यालयले शिक्षाको उज्यालो ज्योती दिएको छ, यहाँ अध्ययन गरेका विद्यार्थी विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको देख्दा खुशी लाग्दछ” उहाँले भन्नुभयो । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएका रानाले यस विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि आवश्यक पर्ने शैक्षिक, भौतिक कुराको आफुले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रममा विद्यालयको वार्षिक प्रतीवेदन प्रधानाध्यापक हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा रामपुर नगर शिक्षा अधिकृत विकल काफ्ले, रामपुर नगरपालिका ४ का वडाध्यक्ष रामबहादुर राना, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर पोखरेल, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक बुद्धिप्रकाश रेग्मी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु आचार्य, रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, सीताराम माविका शिक्षक मनिराज अधिकारी, सामुदायिक रेडियो रामपुरका प्रतिनिधि दिपेन्द्र भट्टराई, विद्यार्थीहरु अब्दुल खालिद, अनुप विक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखा प्रमुख गोविन्दप्रसाद भट्टराई लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

कार्यक्रमको सञ्चालन शिक्षक चित्रबहादुर केसी र सरस्वती श्रेष्ठले गर्नुभएको हो । सहभागीलाई शिक्षक लिला भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा विद्यार्थीबाट रमाइलो साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । वार्षिकोत्सवको अवसरमा सुकबहादुर कुमालले आफ्नी धर्मपत्नी डिलमाया कुमालको नाममा २५ हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा निर्माण भएको सरस्वतीको मन्दिर, प्रतीक्षालय निर्माणमा सहयोग गर्नुहुने सहयोगता, शिक्षकलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय